Header Ads

चीनसँग इन्धन सम्झौता सम्पन्न, चीनबाट तेल ल्याउने औपचारिक बाटो खुल्यो

काठमाडौं – नेपाली सरकारी टोली र चिनियाँ सरकारी पट्रोलियम कम्पनीसँग बीच इन्धन आपूर्तिबारे सम्झौता सम्पन्न भएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले बुधबार बेइजिङमा सम्झौता सम्पन्न भएको बताएको हो । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई रातोपाटीले सम्पर्क गर्दा सम्झौता भएको पुष्टि गरे । नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चिनियाँ सरकारी पट्रोलियम कम्पनीबीच बुधबार इन्धन आपूर्तिबारे व्यवसायिक सम्झौता भएको हो । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

No comments

Powered by Blogger.