Header Ads

आर्यन र नम्रताको ‘क्लासिक’ लुक

मंसिर २३, २०७२- आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिल्म दर्शकका लागि रुचाइएका जोडी हुन् । यो जोडीले फिल्म ‘क्लासिक’ बाट स्क्रिनमा ह्याट्रिक गर्दैछ । यसअघि ‘मेरो एउटा साथी छ’ र ‘नोभेम्बर रेन’ मा यो जोडी दोहोरिएको थियो । दुवै फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पनि बटुले भने जोडीको केमेस्ट्रीलाई मन पराइयो । ‘नोभेम्बर रेन’ कै निर्माता सुवाष गिरी र निर्देशक दिनेश राउत यसपटक आर्यन–नम्रतालाई केही फरक रुपमा प्रस्तुत गर्न कस्सिएका हुन् ।

भ्यालेन्टाइन डेको सन्दर्भ पारेर माघ २९ मा रिलिज गर्न लागिएको ‘क्लासिक’ लाई सांगीतिक प्रेमकथा भनिएको छ । फिल्ममा दुवै मुख्य पात्रहरु दृष्टिबिहीन हुन्छन् । यसै दिन सुदर्शन थापा निर्देशित ‘प्रेमगित’ पनि आउने भएपछि प्रचारप्रसारमा दुवै आक्रामक देखिएका छन् । सुदर्शनले नै पहिले आर्यन र नम्रताको जोडीलाई ल्याएका थिए । तर यतिबेला सुदर्शन र आर्यनको सम्बन्ध बिग्रेकाले फिल्म जुधाउन लागेको बताइएको छ ।

फिल्म युनिटले बिहीबार सार्वजनिक गरेको फोटोमा आर्यन र नम्रताको भिन्न लुक देखिएको छ ।


प्रकाशित: मंसिर २३, २०७२


www.kalopationlines.blogspot.com

No comments

Powered by Blogger.