Header Ads

पैसा कमाएर अाउछु भन्थे अफगानिस्तानमै अस्ताए इटहरीका अंकुर : अामा बेहाेस, शाेकमग्न छ परिवार>>हेर्नुहोस

असार;८
गत साेमबार बिहान अफगानिस्तानकाे राजधानी काबुलमा तालिवानीकाे अाक्रमणमा सुनसरीबाट इटहरीका अंकुर तामाङकाे मृत्यु भएपछि उनकाे परिवार शाेकमग्न बनेकाे छ । छाेराकाे मृत्युकाे खबर पाएलगत्तै अामा ६५ बर्षीया लाखमाया तामाङ बेहाेस अवस्थामा रहेकी छिन ।गाउमा मिलनसार स्वभावका रहेका तामाङ बिगत ५ बर्षदेखी अफगानिस्तानमा शुरक्षागार्डका रूपमा काम गर्दै अाएका थिए । उनी प्रत्येक बर्ष छुट्टी लिएर घर अाउने गर्दथे । तामाङ नयाँ वर्ष २०७३ धुमधामले मनाएर बैशाख १७ गते पुनः अफगानिस्तान फर्केका थिए । बर्षै पिच्छे बिदामा अाउदा धेरै पैसा कमाउने र अाफ्नाे परिवारकाे रेखदेख गरी नेपालमै केही ब्यवसाय गर्ने अाफन्तहरूलार्इ सुनाउने गर्थे अंकुर , तर यस पटक भने अफगानिस्तानबाट कहिल्यै नफर्कनेगरी अस्ताए ।

उनकाे मृत्युकाे खबरले परिवार लगायत सिङगाे गाउ शाेकमग्न बनेकाे छ । जती पटक अाउथ्याे म धेरै पैसा कमाएर नेपालमै केही गर्छु भन्थ्याे तर याे पटक गएकाे डेढ महिनामै मृत्युकाे खबर अायाे अंकुरका ७७ बर्षीय बाबा भीमबहादुर तामाङ बताउनुहुन्छ । छाेराकाे मृत्युकाे खबरले अामा लखमाया बेहाेस अवस्थामा रहेकाे भिमबहादुर बताउनुहुन्छ ।

अफगानिस्तानबाट ३ वर्ष अघी बिदामा अाइ हेटाैडाकी गाेमा गाेलेसंग प्रेम बिवाह गरेका तामाङकाे श्रीमती हाल माइतमा रहेकाे र उनलार्इ खबर गरीसकेकाे परिवारजनबाट बुझिएकाे छ । नेपाली शेनाकाे जागिर छाडेर अफगानिस्तान गएका अंकुर तामाङकाे परिवार बिगत २०६० सालदेखी इटहरी उपमहानगरपालीकाकाे हाँसापाेसामा बस्दै अाएका छन ।स्रोत;पुर्बेली न्युज 

No comments

Powered by Blogger.