Header Ads

नाकाबन्दीविरुद्ध विप्लव माओवादीको अर्धनग्न जुलुस

रत्ननगर (चितवन) : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दीविरुद्ध चितवनको नारायणगढमा अर्धनग्न जुलुस निकालेको छ । 
 
चौविसकोठीबाट नारायणगढसम्म विप्लव माओवादीका कार्यकर्ताहरुले उनीहरुले प्रदर्शन गर्दै भारतीय हस्तक्षेप र नाकाबन्दी बन्द गर्न माग गरेका थिए । 
 
सो पार्टीका जिल्ला नेता किरण पोखरेलले नाकाबन्दी नरोके कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए । 
 
सो विरोध जुलुसमा १२ जना युवाले आफ्नो छातीमा अक्षर कोरेर ‘भारतीय हस्तक्षेप बन्द गर’ लेखेर प्रदर्शन गरेका थिए । 
 
उनीहरुको जुलुस भरतपुरको चौबिसकोठीबाट सुरु भएको थियो । नारायणगढको पुल्चोकमा पुगेर कोणसभा गरेको विप्लव माओवादीले भारतीय गाडी चल्न नदिने र भारतीय च्यानलसमेत बन्द गर्ने घोषणा गरेको छ । 
 
यस्तै आजै भरतपुरमा चिकित्सक तथा स्वास्थ्यकर्मीले पनि प्रदर्शन गरेका छन् । उनीहरुले नेपाल सरकार र आन्दोलनरत दललाई समस्या समाधान गर्ने आग्रह गर्दै दबाब जुलुसमा निकालेका हुन् । 
 
नागरिक समूहको समेत सहभागिता रहेको उक्त जुलुसमा सद्भाव बढाउने खालका वाक्य लेखिएका प्लेकार्डसमेत प्रदर्शन गरिएको थियो । रासस 
अन्नपूर्ण पोस्ट्को     मा जोडिनुस् । मोबाइलका लागि  र बाट एप डाउनलोड गर्नुस् ।
- See more at: http://annapurnapost.com/News.aspx/story/22463#sthash.FMIObdiU.dpuf

No comments

Powered by Blogger.