आन्दोलन २५ दिन देखि मध्य पश्चिममा कायमै
संघीय प्रदेशको सीमाङकन प्रति असन्तुष्टी जनाउँदै मध्य पश्चिममा भएका आन्दोलन बाँके र बर्दियामा आज २५ औ दिनसम्म कायमै छ।
आन्दोलनका क्रमम भएका झडपमा हालसम्म मध्य पश्चिममा ६ जनाको मृत्यु भएको र १ सय ४६ जना घाईते भएको मध्य पश्चिम क्षेत्रिय प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक केशब अधिकारीले बताए।
नेपालगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रम बोल्दै प्रहरी नायव महानिरीक्षक अधिकारीले आन्दोलनका क्रममा भएको झडपमा परी सुर्खेतमा ३, जुम्लामा १, गरी ४ जना प्रर्दशनकारी तथा बर्दियाको मैनापोखरमा एक जना प्रहरी हवल्दार तथा बाँकेको गनापुरमा जना मोटरसाइकल यात्रुको मृत्यु भएको जानकारी दिए।
मध्य पश्चिमका बाँके र बर्दिया लगायतका जिल्लाहरुमा दिनहुँ जसो प्रर्दशन भई रहेपनि समग्र मध्य पश्चिमको शान्ति सुरक्षाको अबस्था सामान्य अबस्थामा रहेको प्रहरी नायब महानिरीक्षक अधिकारीले बताए।
लगातारको बन्द र हडतालले बाँके, बर्दिया लगायत मध्य पश्मिकै जनजीबन कष्टकर बन्दै गएको छ। आन्दोलनका क्रममा सार्बजनिक सम्पत्तिको तोडफोड र आगजनी हुन नदिन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
भारतबाट आयात हुने खाद्यान्न र पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास समेत सहज रुपमा नेपाल आउन नसकेका कारण दैनिक उपभोग्य बस्तुको अभाब हुन थालेको छ।
तीन सातादेखि यातायातका साधनहरु नचल्दा बिरामीहरु अस्पतालमा जान समेत नसकेेर घर मै थलिएर बसन बाध्य भएको छन।
Post a Comment