Header Ads

निषेधाज्ञाले छेकेन रोकेन गौराको रौनक

निषेधाज्ञाका बाबजुद पनि धनगढीमा गौरापर्व मनाईएको छ। दुई दिनअघि गौरापर्व शुरु भएपनि लगातारको कर्फ्यु र निषेधाज्ञाका कारण धनगढीमा गौरा पर्व मनाउन नपाएका स्थानीय बासिन्दा आज साँझ ४ बजेपछि स्वतर्स्फुत रुपमा धनगढीको बन्देवी मन्दिरमा जम्मा भएका थिए। दिउँसो १२ बजेदेखि ४ बजेसम्म जारी गरिएको कर्फ्युको समय समाप्त भए लगत्तै त्यसपछि निषेधाज्ञाको वेवास्ता गर्दै गौरा पर्व मनाउन स्थानीयहरु बन्देवी मन्दिरमा जम्मा भए। साँझ ७ बजेसम्म स्थानीयले देउडा खेलेर रमाईलो गरे। लगातारको कर्फ्यु र निषेधाज्ञाको पीडा देउडा खेलेर बिर्सिए।



No comments

Powered by Blogger.