एमाओवादीले छान्यो सात मन्त्री, को-को छन् ?
काठमाडौं, १ कात्तिक । एकीकृत नेकपा माओवादीले नयाँ सरकारका लागि सात मन्त्रीको टुङ्गो लगाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा आठ मन्त्रालय पाएको माओवादीले आइतबार सात मन्त्रीको टुङ्गो लगाएको हो । एमाओवादीबाट हरिबोल गजुरेल यसअघि नै कृषिमन्त्री भइसकेका छन् ।
अब एमाओवादी नेता शक्ति बस्नेत गृहमन्त्री बन्ने भएका छन् । सरकारमा एमाओवादीको नेतृत्व भने टोपबहादुर रायमाझीले गर्नेछन् । उनी उपप्रधान एवं उर्जामन्त्री हुनेछन् ।
उमेश यादव सिचाइ मन्त्री बन्ने भएका छन् । गिरिराजमणि पोखरल शिक्षा, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन मन्त्री बन्ने भएका छन् । बाईसीएल अध्यक्ष एवं सांसद गणेशमान पुन आपूर्ति मन्त्री बन्ने भएका छन् ।
Post a Comment