Header Ads

पत्रकार सम्मेलन गरेर राज्यलक्ष्मीले भनिन्– एमालेलाई ७ करोड दिएकी छु अन्तर्वार्ताको अडियोसहित

पत्रकार सम्मेलन गरेर राज्यलक्ष्मीले भनिन्– एमालेलाई ७ करोड दिएकी छु अन्तर्वार्ताको अडियोसहित

समाचार पत्रकार सम्मेलन गरेर राज्यलक्ष्मीले भनिन्– एमालेलाई ७ करोड दिएकी छु 0 SHARES Share on facebook Share on twitter कार्तिक ९, २०७२- शुक्रबार इकान्तिपुरसँग कुराकानी गर्दै आफूले एमाले पार्टी र नेताहरुलाई अहिलेसम्म करिब ७ करोड चन्दा दिएको बताएकी एमाले सांसद् राज्यलक्ष्मी गोल्छाले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै आर्थिक सहयोग गरेको दोहोर्‍याएकी छन् । [राज्यलक्ष्मी गाेल्छासँगकाे अन्तर्वार्ता] आफूलाई ‘भारतीय बेटी’ भएकाले सांसद्बाट राजीनामा गर्न दबाब दिइएको बताउँदै उनले आफूले कुनै पनि हालतमा राजनीनामा नगर्ने बताएकी हुन् । प्रधानमन्त्री चुनावमा आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार हुँदा पनि मतदान गर्न उपस्थित नभएको भन्दै उनलाई राजीनामा गर्न दबाब परेको छ । उनले आफ्नो स्वास्थ्य खराब भएकाले उपस्थित नभएको बताउँदै स्पष्टीकरणको मौका समेत नदिई राजीनामा गर्न भनिएको पनि पत्रकार सम्मेलनमा बताइन् । गाेल्छासँग कान्तिपुरले लिएकाे अन्तर्वार्ताकाे अडियाेकाे सारांश सुन्नुहाेस् ।   उनले पार्टी नेताहरु गोकर्ण विष्ट, योगेश भट्टराई र प्रदीप ज्ञवालीलगायतले पटक–पटक फोन गरेर राजीनामा दिन ‘र्टचर’ गरेको पनि आरोप लगाइन् । ‘कहीले अंगीकृत नागरीकताको कुरा झिक्ने त कहिले लिङ्ग र जातको कुरा गर्ने, यस्तो अपमान सहन म तयार छैन,’ उनले उनले भनिन्, ‘मलाई के कारण सभासदवाट हटाइन लागिएको हो त्यसको प्रष्टीकरण पार्टीले दिनु पर्छ ।’ गोल्छाले अहिलेसम्म एमाले पार्टीलाई निकै आर्थिक सहयोग गरेको दावी गरिन् । ‘धेरै कुरा नभनौं केन्द्रियदेखि स्थानीय नेता, युवा संघलगायत धेरैलाई मैलै आर्थिक सहयोग गरेकी छु, हिसाबै गर्ने हो भने ६ करोड भन्दा माथि पुग्छ,’ उनले भनिन, ‘भुकम्पका बेला युवा संघमार्फत् गरेको र अन्य हिसाब जोड्ने हो भने १५ करोड रूपैयाँभन्दा बढी रकम एमालेलाई दिइसकेकी छु ।’ उनले सभासद् कोष र पारिश्रमिकबापतको रकम पनि पार्टीलाई नै दिने गरेको बताइन् । सभासद बन्ने बेलामा पार्टी नेता झलनाथ खनालले ५ करोड रुपैयाँ मागेको पनि उनले दोहोर्‍याइन् । प्रधानमन्त्री निर्वाचनका बेला आफू स्वास्थ्य उपचारका लागि दिल्ली गएको र त्यो कुरा पार्टी अध्यक्ष र उपाध्यक्षलाई पहिला नै जानकारी गराएको उनको भनाइ छ । ‘मैले पार्टीका अध्यक्ष केपी शर्मा ओली र सचेतक अग्नि खरेललाई खबर गरेरै दिल्ली गएको थिएँ,’ उनले भनिन्, ‘यो कुरा विद्या दिदीलाई पनि थाहा छ, त्यसका सबै प्रमाण मसंँग सुरक्षीत छन् ।’ उनले महाभूकम्पको बेला ‘डाक्टर, खाद्यान्न, जस्तापाता, औषधी किन्नु छ भनेर पटक–पटक पैसा लगेको’ पनि दावी गरिन् ।   प्रकाशित: कार्तिक ९, २०७२ 

http://kantipur.ekantipur.com/news/2015-10-26/20151026180621.html

No comments

Powered by Blogger.