Header Ads

सत्तारुढ गठवन्धनले उपराष्ट्रपति उम्मेदवार छान्न सकेन


१२ कात्तिक, काठमाडौं । उपराष्ट्रपति उम्मेदवार छनोट गर्न बसेको सरकार समर्थित उच्चस्तरीय राजनीतिक समितिको बैठक विना निष्कर्ष टुङ्गिएको छ । - See more at: http://www.kalopationlines.bolgspot.com


प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमाओवादीसहितका दलले उपराष्ट्रपतिमा दाबी गरेका छन् । तर, कुनै सहमति हुन सकेन ।
एमाओवादीले उपराष्ट्रपति जनजाति समुदायलाई दिनु पर्ने भन्दै नन्दकिशोर पुनको नाम अघि सारेको छ । तर, अन्य दलले सहमति जनाएका छैनन् ।
तराई मधेसबाट उपराष्ट्रपति हुनु पर्ने धारणा बैठकमा आएको माले महासचिव सीपी मैनालीले बताए ।
 नेताहरुका अनुसार केहीले थारु समुदायबाट हुने पर्ने धारणा राखेका छन् भने केहीले तराई मधेसबाट हुनु पर्ने तर, यसअघि ठूलो पदमा नपुगेका साह, तेल लगायतका समुदायबाट हुनु पर्ने धारणा राखेका थिए । 
- See more at: http://www.kalopationlines.bolgspot.com

No comments

Powered by Blogger.