Header Ads

श्रीमतीको इच्छा विपरीत जबरजस्ती यौनसम्बन्ध राख्न खोज्दा ३ वर्ष कैद ! (भिडियो सहित)

श्रावन;९
आफ्नै श्रीमतीसँग बिनास्वीकृति यौनसम्बन्ध राख्न खोज्दा ओखलढुंगामा एक जनाले जेलसजाय भोग्नुपर्ने भएको छ ।
आफ्नै श्रीमान्ले बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि ओखलढुंगा, च्यानमका २९ वर्षीय नारायणबहादुर बस्नेतले ३ वर्ष कैद भोग्नुपर्ने भएको हो । कैद सँगै बस्नेतलाई २५ हजार जरिवानासमेत गर्न जिल्ला अदालतले आदेश दिएको छ ।
आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उक्त फैसला गरेको हो ।
स्रोत;ओयस नेपाल 

No comments

Powered by Blogger.