पुराण भन्छः यी ४ प्रकारका युवतीसँग विवाह गर्नु हुँदैन >>पुरुषहरुले जान्नु नै पर्ने कुरा
जेठ;२४विवाह मानव जीवनको महत्वपूर्ण संस्कार मध्ये एक हो । सुखी विवाह जीवनमा सबैले चाहन्छन् । तर जीवन साथी राम्रो भए मात्र विवाह राम्रो हुन्छ । विवाहका लागि यस्तो पार्टनर छान्नु पर्छ जसले घर र परिवारमा प्रेम बाँड्न सकोस् ।विष्णु पुराणमा स्त्रीहरुको विषयमा थुप्रै कुरा गरिएको छ । यो पुराणमा विवाहका लागि ४ प्रकारका युवती अयोग्य हुने समेत उल्लेख छ । कस्ता युवती हुन् त विवाह गर्न नहुने ?१ खराव बोली भएकी
भनिन्छ मिठो बोलीमा सरस्वतीको बास हुन्छ । सरस्वतीलाई बाणीकी देवी समेत भनिन्छ । मिठो बोली बोल्ने स्त्रीसँग सरस्वती सँधै प्रसन्न हुने पुराणमा उल्लेख छ । कटु वचन बोल्ने स्त्रीको स्वभाव पनि बोली जस्तै हुन्छ । यस्ता स्त्रीले घरको शान्ति खल्बल्याउँछन् भन्ने पुराणमा उल्लेख छ । विवाह गर्दा कटु बचन बोल्ने युवतीबाट टाढै रहेको राम्रो ।
२ आमा वा बाबुको कोही नाता पर्ने
नाता पर्ने युवतीसँग विवाह गर्नु हुँदैन । सहगोत्रीसँग पनि विवाह गर्नु हुँदैन । विष्णु पुराणमा माता वा पिता कसैको पनि नाता पर्ने युवतीसँग विवाह गर्दा विभिन्न अनिष्ठ हुने उल्लेख छ । बैज्ञानिकहरुले समेत नजिकको सम्बन्धमा विवाह घातक हुने बताएका छन् । शास्त्रमा कम्तिमा सात पुस्ता भन्दा टाढा पुगेपछी मात्र विवाह गर्नु राम्रो मानिएको छ ।
३ दुष्ट पुरुषसँग सम्बन्ध भएकी स्त्री
विवाह अघि नै पुरुषसँग सम्बन्ध भएकी र दुष्ट पुरुषको संगत गर्ने स्त्रीलाई पनि विष्णु पुराणले विवाहका लागि अनुपयुक्त भनेको छ । यस्ता युवतीलाई विवाह गर्दा जीवनमा संकट आइलाग्न सक्छ । सके सम्म दुष्ट पुरुषसँग नजिक भएकी स्त्रीसँग विवाह नगर्नुस् ।
४ अल्छी/ ढिलो सम्म सुत्ने
अल्छी हुनु स्त्रीका लागि असोभनीय भन्छ विष्णु पुराण । यो पुराणका अनुसार अल्छी र विवाह ढिलो सम्म सुत्ने स्त्री आलसको प्रतिक हुन् । आलसी स्त्रीले घरुमा कुनै पनि काम राम्रोसँग गर्न सक्दिन । फोहोर घरमा लक्ष्मीको बास हुँदैन । ढिलो सम्म सुत्ने मानिस स्वस्थ समेत हुँदैनन् । त्यसकारण अल्छी युवतीलाई पनि विवाह गर्नु हुँदैन ।स्रोत;ओयस नेपाल
Post a Comment