छोराले विजातीय बिहे गर्दा बाबुलाई जुत्ताको माला लगाइदिएर गाउ परिक्रमा>>हेर्नुहोस
असार;१०
पञ्चायतको निर्णयानुसार गाउँका मुखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाइदिन गाँउका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिए । मुखियाको आदेशमा शिवपुजनको घाँटीमा चौकीदार पासवानले जुत्ताको माला लगाइदिए । त्यसपछि मुखियाहरुको अगुवाइमै गाँउलेहरुले शिवपुजनलाई गाँउ परिक्रमा गराएका थिए ।
जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराउने क्रममा मुखिया र गाउँका अगुवाहरुले शिवपुजनलाई कुटपिट पनि गरेको पीडितका काहिँला छोरा नानक चन्द साह तेलीले बताए । भवानीपुर गाँउमा पटेल जातिको बाहुल्यता रहेको छ । तेली जातिको दुई तीन घरधुरी मात्र छ ।
पटेल जातिका अगुवा र मुखियाहरुले जुत्ताकै माला लगाएर दुव्र्यवहार गरेपनि गाँउमा पटेलहरुको हालीमुहाली रहेका कारण पीडित शिवपुजनले डरले प्रहरीमा उजुरी दिन मानेका थिएनन् । तर उनका काहिँला छोरा नानक चन्दले खबर गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरले बुधबार बेलुकी नै मुखियाहरु शिवशंकर, ब्रम्हदेव र चौकीदार हजरालाई पक्राउ गरेको छ ।
स्रोत;दैनिकमा खबर
Post a Comment