अख्तियारले महरालाई पत्र काटेकामा एमाओवादीको आपत्ति
मंसिर २२, २०७२- एमाओवादीको जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूले जनतामा जाने कार्ययोजना तत्काल ल्याउन नेतृत्वसमक्ष माग गरेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मंगलबार बोल्दै उनीहरूले पार्टीले शान्ति प्रक्रियामा आएदेखि नै जनताको भावना र चाहनालाई भुल्ने काम गरेको भन्दै जनतातर्फ फर्क र जनताको भावनालाई सुन भन्ने एजेन्डाका आधारमा अगाडि बढ्न नेतृत्वलाई दबाब दिएका हुन् ।
उनीहरूले पार्टीको आधार भुल्ने, जनताको एजेन्डाबाट पछि हट्ने, सुख–दु:खमा साथ नदिने प्रवृत्तिले क्रान्ति र नेतृत्वको समेत हित नगर्ने भएकाले तत्काल पार्टीभित्र सुधार गर्नु आवश्यक भएको धारणा राखेका थिए । मुलुकको राष्ट्रिय अस्मिता संकटमा परेको, सार्वभौमसत्तामाथि लगातार आक्रमण हुँदासमेत पार्टीले प्रस्ट अडान लिन नसकेको, समग्र अवस्थाका बारेमा ध्यान दिन नसकेको भन्दै सदस्यहरूले भने शीर्ष नेतृत्वप्रति असन्तुष्टिसमेत प्रकट गरेका थिए ।
उनीहरूले विभिन्न टुक्रामा विभक्त माओवाद मान्ने पार्टी र दलबीच एकता प्रक्रिया सुरु गर्न र त्यसका लागि आवश्यक लचकता अपनाउनसमेत जोड दिएका थिए । संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयन गराउनु पार्टीको प्रमुख दायित्व भए पनि पार्टीले राख्दै आएको फरक मतलाई पनि सँगसँगै जनतामा लैजानुपर्ने धारणासमेत उनीहरूको थियो ।
उनीहरूले राष्ट्रियता र सार्वभौमसत्ताको पक्षमा अडान राखेकै आधारमा पार्टीलाई नै सिध्याउने ढंगले महासचिव कृष्णबहादुर महरामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आशंकामा पत्र काटेकामा आपत्ति प्रकट गरेका थिए । बैठकमा आयोगले जानी बुझीकन पत्र काटेको भन्दै लामो समय भइसक्दासमेत पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक नगरेकामा उनीहरूले नेतृत्वप्रति असन्तुष्टि प्रकट गरे । उनीहरूले अख्तियारको पत्रका बारेमा पार्टीको धारणा सार्वजनिक हुनुपर्ने मागसमेत उनीहरूको थियो ।
मंगलबारको बैठकमा प्रवक्ता दीनानाथ शर्मा, विश्वनाथ साह, विषमलाल अधिकारी, हितबहादुर तामाङ, कमला रोका, प्रकाश पोखरेल, दृवराज रेग्मी, समिता कार्की, विमला सुवेदी, चित्रबहादुर श्रेष्ठ, श्रीप्रसाद जगेवु र वसन्तकुमार शर्माले बोलेका थिए ।
प्रकाशित: मंसिर २२, २०७२

https://commentnepal.wordpress.com/2015/12/11/%E0%A4%9A%E0%A5%8B%E0%A4%B0%E0%A4%A8%E0%A5%88-%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF-%E0%A4%B8%E0%A4%BE%E0%A4%B2%E0%A5%80-%E0%A4%AD%E0%A4%8F%E0%A4%AA%E0%A4%9B%E0%A5%80/
ReplyDeleteचोरनै सक्ति साली भएपछी:- नेपाली चर्चित उखान छ, चोरको खुट्टा काट भन्दा चोरले पहिले खुट्टा तान्छ / जो चोर उसकै ठुलो सोर / जो अगुवा उही बाटो हगुवा / सानालाई ऐन ठुलालाइ चैन / अख्तियारले ठुला माछा समाउन खोज्दा, ठुला दलबाट आएका प्रतिक्रियाले यी उखान चरितार्थ भएका छन् / राजनीति बिसुद्द सामाजिक कार्य हो, राजनीतिक ब्यापार होइन जँहा करोड लगानी गरेर अरब कमाउन सकियोस / तर यहि राजनीतिक क्षेत्र प्रयोग गरेर कयौ नेता फुटपाथ बाट अरबौ पति भएका छन् , खानदानी बिजनेस मेन भएका छन् / एउटा सरखारी स्कुलको जागिर खाने मान्छे जसलाई परिवार पाल्न र बच्चा पडाउन समेत मुस्किल थियो, त्यहि मान्छे आज राजनीतिमा लागेर अरबौ पति भएका छन् , करोडौ पर्ने प्राडो चड्ने भएका छन्, काठमाडौँका महंगा ठाउमा आलिसान बिल्डिंग बनायर बसेका छन् / राजनीति कुनै पार्टी वा बेक्ती बिशेसको पेवा पनि होइन र राजनीति गर्ने मान्छेलाई देशको ढुकुटी उपचार र व्यक्तिगत प्रयोजनले खर्च गर्ने बिशेष अधिकार पनि छैन / जुन पार्टी सत्तामा पुगे पनि जिम्मेबार भनौदा यी राजनीतिक पार्टीहरु बर्षको लगभग ७ खरब बजेट बिकाश निर्माणका नाममा बजेट पारेर ठेकेदार कम्पनि संग मिलेर कमिसन खाएरै सक्छन / जुन कम्पनिले राम्रो काम गर्छ तेस्लाई ठेक्का दिदैनन, जुन कम्पनिले धेरै कमिसन दिन्छ तेशैलाई ठेक्का दिन्छन त्यशैले गुणस्तरीय काम हुन् सक्दैन / उदाहरणका लागि काठमाडौँका बाटा पर्याप्त बजेट दिदादिदै पनि पिच १ बर्ष पनि टिक्दैनन, धुलोले हजारौ जनता बिरामी पर्छन भने उपचारमा लाखौ खर्च हुन्छ, त्यो भन्दा पनि ठुलो कुरा त् साँगुरो बाटो र खाल्डा खुल्टिले गर्दा दिनहु जस्तो दुर्घटनाले मान्छेको ज्यान गइ रहेको छ, त्यशैले कमिसन खानु भनेको अप्रतक्ष्य हत्त्या गर्नु बराबर नै हो, त्यहि कारण हो चाइनामा भस्टचार गर्नेलाई पनि मीर्तुदंड दिईन्छ, किनकि भस्टचार र कमिसन नलिने हो र मापदण्ड अनुसार बाटो बनाउने हो भने ९०% दुर्घटना घटाउन सकिन्थ्यो ,दिनहु दुर्घटना बाट मर्नेलाइ बचाउन सकिन्थ्यो / तर आफैले कमिसन खाए पछि जस्तो बाटो बनेपनि पास गरिदिनै पर्यो,झन् कारबाही गर्ने त् कुरै आएँन / भस्टचार र कमिसनले गर्दा आज देश बिकास न भएर बिनास तिर अगाडी बडीरहेको छ / देश प्राकृतिक श्रोत र साधनले सम्पन्न छ, देश बिकसित बन्ने प्रचुर आधार छन् तर यिनै स्वार्थी नेताको सम्पति कुम्ल्याउन हुने हानथाप र अस्वस्थ प्रस्तिस्पर्धाले गर्दा आज देश यो मोडमा आइपुगेको छ / यदि नेता इमान्दार हुने हो भने ५ बर्षमै देशले ठुलो फड्को मार्ने कुरामा कुनै संकानै गर्न पर्दैन किनकि नेपाली जनता इम्मंदार र परिश्रमी छन् , देश प्राकृतिक साधनले भरिपूर्ण छ, नेपालको जस्तो उर्बर माटो कमै देशमा होला / प्राकृतिक सुनद्रय, बुद्दको जन्म भुमि , पशुपति नाथ र सगरमाथाको देश हामि बर्षमा करोडौ पर्यटक भित्रायर मात्र पनि आत्म निर्भर बन्न सक्छौ / (1 % बुद्दिस्ट र हिन्दु नेपाल आउदा मात्र २ करोड हुन् आउछ त्यो भनेको more then enought हो ) पांच हजार मेगावाटको एउटा नदि बिदेशीलाइ ठेक्कामा दिदा उसले दिने हजार मेगावाट फ्री बिजुलीले मात्र हामि पुरा नेपाल फ्रीमा बिजुली बाल्न सक्छौ अनि हाम्रो गरिबी ह्वातै घट्छ / तर हाम्रा राजनीतिक पार्टी र तिनका नेतानै स्वार्थी र कमिसन खोर भए पछि देशको गति यस्तै हुन्छ / प्रत्यक घरका नेपालीलाइ बिदेशिनु बाध्याता नै भएको छ / भने तिनै देशका नेता भने अकुत सम्पति जम्मा गरेर ज्वरो आउदा पनि विदेशमा जचाउन जाने हैसियतमा पुगेका छन् / यदि भस्टचार नगरेकै हो भने अख्तियारले अनुसन्धान गर्दा किन आप्पत्ति ? कशैलाई पनि कमिसन र भस्टचार गर्ने छुट छैन / कुनै नेता र पार्टी समिधान भन्दा माथि छैनन् / कारबाही गर्ने र गर्न पाउने अख्तियारको अधिकार र कर्तब्य हो ? यसमा बिरोध किन ? बरु निस्पक्ष्य भएँन र प्रमाण भेटियन भने प्रश्न उठाउन सकिन्छ / तर अनुसन्धान नै रोक्नु र अनुसन्धानमा अबरोध गर्नु भनेको गैर जिम्मेबार चरित्र हो /
ReplyDelete