वैदेशिक रोजगारीमा सात वर्षमा साढे चार हजार नेपालीको मृत्यु - See more
काठमाडौं, पुस ४ - सात वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका ४ हजार ५ सय ८८ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको सन्दर्भमा आर्थिक वर्ष २०६५/०६६ देखि चालु आर्थिक वर्षसम्ममा ज्यान गुमाउनेको संख्या प्रवासी नेपाली समन्वय समितिले सार्वजनीक गरेको हो । मृत्यु हुनेमा ४ हजार ४ सय ९५ पुरुष र ९३ जना महिला रहेका छन् । यो संख्या वैदेशिक रोजगार प्रवद्र्धन वोर्डमा परिवारले क्षतीपूर्तिका लागि निवेदन गरे अनुसार मात्रै हो । अवैधानिक भई काम गर्ने र वोर्डमा क्षतीपूर्ति दावी गर्न नआएका कामदारको संख्या तथ्यांकमा समावेश छैन । विदेशमा आफन्त गुमाएका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट ३ लाख रुपैयाँ आर्थिक सहायता र बीमा कम्पनीबाट ५ लाख क्षतीपूर्ति पाउँछन् । गन्तव्य देशमा गरिएको बीमा रकम पाउन भने मुस्किल परिरहेको छ । विदेशमा आफन्त गुमाउने धेरैका परिवार विचल्लीमा परेका छन् ।

Post a Comment