Header Ads

नम्रताको जीवनमा उपन्यास

श्रावण २२, २०७२-नायिका नम्रता श्रेष्ठको जीवनमा आधारित रहेर दाङका युवा साहित्यकार सविन प्रियासनले प्रकाशन गर्न लागेको उपन्यास नम्रताको पाण्डुलिपि नायिका नम्रता श्रेष्ठको हातमा परेको छ ।
नम्रताले उक्त पाण्डुलिपि अध्ययन गरिसकेपछि केही कुरा थपघट गरेर दसैंअघि नै उपन्यास प्रकाशन गर्ने लक्ष्य लिइएको उपन्यासकार प्रियासनले जानकारी दिए । यो उपन्यास नायिका नम्रता श्रेष्ठको जीवनमा घटेका तीता–मीठा घटना, उनले सिने क्षेत्रमा भोग्नुपरेका समस्या एवं कडा संघर्षपछि प्राप्त गरेको सफलतामा केन्द्रित रहने बताइन्छ ।
उपन्यास लेख्ने क्रममा नम्रतासँग पटक–पटक फोन वार्ता भएको र त्यसलाई नम्रताले पनि उत्सुकताका साथ लिएको प्रियासनको दाबी छ  ।
- साप्ताहिकबाट

No comments

Powered by Blogger.