भारतीय नाकाबन्दीविरुद्ध काठमाडौंमा मानवसाङ्लो (फोटो र भिडियो)
मंसिर १४, २०७२- भारतीय नाकाबन्दीविरूद्ध राजधानीमा मंगलबार मानवसाङ्लो प्रदर्शन गरिएको छ । मुलुकको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारको पश्चिममा रहेको मुख्य गेटदेखि पुल्चोकमा रहेको नेपालस्थित यूएन कार्यालयसम्म सोमबार दिउँसो २ देखि ३ बजेसम्म मानवसाङ्लो प्रदर्शन गरिएको हो ।
भारतीय नाकाबन्दी विरूद्ध र राष्ट्रिय स्वाधिनताका लागि मानवसाङ्लो प्रदर्शन गरिएको कार्यक्रमका संयोजन गरेका एमालेका केन्दि्रय सदस्य समेत रहेका ठाकुर गैरेले बताए ।
मानवसाङ्लो प्रदर्शन गर्न विभिन्न राजनीतिक दलका नेता, मानवअधिकारबादी, बुद्धिजीवी, कलाकार, खेलाडी, कर्मचारी, मजदुर, विद्यार्थी, युवा विद्यार्थी संगठनका नेता लगायतको उपस्थिति रहेको थियो।
संयोजक गैरले मानवसाङ्लो प्रदर्शन कार्यक्रममा हरेक क्षेत्रका व्यक्तिहरूले सहभागिता रहेको र कार्यक्रम उत्साहजनक भएको बताए । उनले भने, 'भारतले अन्तर्राष्ट्रिय सन्धी सम्झौतालाई नमिने जुन हिसाबले नेपालमाथि नाकाबन्दी गरेको छ, यसलाई अन्तर्राष्ट्रिय करण गर्न यूएन कार्यालयसम्म मानवसाङ्लो बनाइएको हो । सिंहदरबारबाट सुरु गर्नुको कारण चाहि सरकारले मुलुकको स्वाधिनतालाई झुकाउने कुनै पनि सम्झौता नगर्न र नझुक्न खबरदारी गरिएको हो ।'
कार्यक्रममा राष्ट्रिय झन्डा बोकी प्लेकार्ड सहित जनताहरु उपस्थित भएका थिए । गैरेले मानवसाङ्लोबाट आफ्नो घरको समस्या आन्तरिक रुपमा जिम्मेवार भएर यहाँका राजनीतिक दलका नेताहरुलाई मिलाउने खबरदारी गरिएको बताए ।
तस्विरः किरण पाण्डे, निमेषजंग रार्इ,शालिग्राम तिवारी/कान्तिपुर
प्रकाशित: मंसिर १४, २०७२

Post a Comment