Header Ads

साउदीबाट एक महिनामै ३० हजार गैरकानुनी कामदार डिपोर्ट

मंसिर १७, २०७२- साउदी अरबले लुकेर काम गर्दै आएका ३० हजार गैरकानुनी कामदारलाई एक महिनामा डिपोर्ट (स्वदेश फिर्ती) गरेको छ । उनीहरुलाई स्थानीय आवासीय नियम उल्लंघन गरेको अभियोगमा डिपोट गरेको हो ।
साउदी सरकारको तथ्याङक अनुसार ९ हजार ५ सय १८ गैरकानुनी कामदार अझै डिपोर्टको लागि प्रतिक्षामा बसेको जनाएको छ । उनीहरुलाई आधिकारीक कागजको अभाबमा डिपोर्ट गर्न रोकिएको हो । डिपोर्ट गर्ने नेपालीको संख्या भने खुलाइएको छैन् ।  
सरकारी अधिकारीहरुका अनुसार गैरकानुनी कामदारको सख्या फेरि बढ्न थालेको जनाएको छ । साउदीले दुई बर्ष अघि आममाफी दिएर गैरकानुनी कामदारलाई स्वदेश पठाएको थियो । जसमा झन्डै ३५ हजार नेपालीले आममाफीमा सुबिधा लिएका थिए ।
 प्रहरीले गैरकानुनी बस्ने ठाँउमा छापा निरन्तर मारिरहेको जनाएको छ ।
यही बेला श्रम मन्त्रालयले समाजीक बिमा महानिर्देशनलय -गोसो)ले कामदारको सुरक्षा र स्वास्थ्य अबस्थालाई सुरक्षीत गर्न  निजी कम्पनीहरुमा संयुक्त रुपमा अनुगमन गर्न थालेको छ ।   
मन्त्रालयका अनुसार कामदारहरु सुरक्षीत रुपमा काम गर्ने बाताबरण बनाउन अनुगमन गर्न लागिएको हो । 'सुरक्षीत कार्यक्षेत्र, नियमको कार्यान्वयन, कार्यस्थलमा हुने दुर्घटना घटाउने अभियान हो', मन्त्रालयले भनेको छ । असुरक्षीत रुपमा काममा लगाएको फेला परेमा मन्त्रालयले कम्पनीलाई २५ हजार रियाल जरिवाना तोक्ने जनाएको छ ।
आन्तरीक मन्त्री रहेका राजकुमार मोहम्मद बिन नैफले बिदेशी कामदारलाई लागु हुने गरी नयाँ नियम जारी गरेको थियो । जसमा जरिवाना, जेल, डिपोर्टटेशन लगायत रहेको छ ।
रेड जोनमा करिब ६ लाख
श्रम मन्त्रालयका अनुसार यो बर्षमा ५ लाख ९४ हजार निजी कम्पनी रेड जोन -रातो क्षेत्र)मा परेका छन् ।  यो अघिल्लो बर्षको तुलनामा बृद्धि हो । साउदीको नियम अनुसार नचलेको कम्पनीलाई  रेड जोनमा राख्ने गरेको छ ।
'यी कम्पनीमा कार्यरत तीन लाख ४७ हजार कामदार थिए । जसमा ३ लाख २२ हजारलाई नयाँ स्पोन्सर दिलाएको छ । २४ हजार ९ सय स्वदेश फिरेका छन्', मन्त्रालयले भनेको छ ।
मन्त्रालयले नौ कामदार रहेका सानो कम्पनीमा पनि एक जना साउदीलाई रोजगार दिनुपर्ने नीति ल्याउदै साउदीकरण गरेको हो । उसले राम्रो कम्पनीलाई 'हरियो', 'पहेलो' र रातो क्षेत्रमा बर्गिकरण हो । रातोमा परेकाका सबै कारोबार बन्द हुनेछ ।  
५६ लाखमा लागु
श्रम मन्त्रालयले कादारको तलब सुरक्षा गर्ने प्रणाली गर्न ५६ लाख बिदेशी कामदारको हकमा लागु भइसकेको छ । उनीहरु १२ हजार ५५० नीजि कम्पनीमा कार्यरत छन् ।
मन्त्रालयले बिभिन्ने ९ औं चरणको क्रम यति धेरै कामदारको हकमा लागु गरेको हो । यो प्रणालीको उद्देश्य श्रम बजार सुधार गर्न, कामदारको अधिकार दिलाउन, कामदारको समस्या समाधान गर्न र सुरक्षीत कार्यक्षेत्रको बाताबरण बनाउन उच्च रुपमा सहयोग गर्नु रहेको जनाएको छ ।  पहिलो चरणमा ३ हजार भन्दा बढी काम गर्ने कम्पनीमा लागु भएको थियो । आटौं चरणमा एकसय कामदार काम गर्ने कम्पनीमा लागु गरेको हो ।  अब १० जनाभन्दा कम कामदार रहेको कम्पनीमा लागु गर्ने योजना रहेको जनाएको छ । १० औं चरण प|mेब्रवरीबाट शुरु हुनेछ ।
बहुभाषा लागु गरिदै
साउदीको राहदानी बिभागले बिभिन्न भाषामा दक्षता प्राप्त कर्मचारी राख्ने योजना बनाएको छ । बिशेष गरी दक्षिण एसियाको भाषालाई प्राथमिकता दिन लागेको हो ।  
बिभागका महानिर्देशक सुलाइमान बिन अब्दुल्लाह अजिज अल यहयाका अनुसार भरपर्दो सेवा दिन कर्मचारीलाई आबश्यकता अनुसारको भाषाको तालिम दिन लागिएको हो ।


प्रकाशित: मंसिर १७, २०७२



No comments

Powered by Blogger.