यौनको कमिले दिमागमा पर्ने असरहरु
तनाव अर्थात मुड डिस्अर्डर
मानछेको मनस्थितिमा भर पर्ने कुरा हो हरेक घटनाको परिणम कस्तो निकाल्छ भनेर, जसरी बस्तुको चिरित्र वा विषेशता त्यसको बनौटको आधारमा निर्भर हुन्छ । जीवित प्राणीको पनि चेतना (मस्तिस्क) को आधारमा दुनियाँको सन्देश सम्हालेको हुन्छ । त्यसैले सानो मनस्थितिका मानिसका लागिद कुनै वेला सानै कुराले पनि साह्रै खुशी र रमाइलो बनाउँछ र कुनै बेला सानै दुःखको कुराले पनि मन असाध्यै दःखित हुन्छ । मन परेको उपलब्धी हुँदा फेरी मन असाध्यै चञ्चल हुन्छ, उन्मुक्त हुन्छ । त्यस्तो बेलामा सक्रिय भएर काम गर्न मन लाग्छ । बोलिरहन वा रमाइला गफ गरिरहन मनलाग्छ । फेरि कुनै नकरात्मक परिघटनाले छिनभरमै मनमा उथलपुथल आउँछ, तयसले निराशा र दुखित मात्रै बनाउँदैन कहिले काहिँ त नसोचेको काम पनि गरिन्छ, । कहिलेकाहिँ त बिनाकारण केही काम नगर्दा पनि थकाईको महशुस हुन्छ , मान्छे पनि कोहिपनि मन पर्दैन । सुत्यो, निद्रा लाग्दैन । अनि मान्छे जिन्दगीलाई बेकार छ, भन्ठान्न थाल्छ । कतिपय मान्छे त यस्ता कुरा सम्झेर धुरुधुरु रुन पनि थाल्दछन । एउटै मान्छेलाई थरीथरीका व्यथा घरी घरी किन हुन्छ ?
विशेषतः यस्तो स्थिति बाल्यावस्था र किशोरावस्थामा चाहिं अलि बढी हुन्छ । यसलाई भावना वा संवेगको नियमिततामा आउने गडबढी अर्थात मुड डिसअर्डर भनिन्छ । धैरै खुशी हुने वा सक्रिय हुने अवस्थालाई मेनिया भनिन्छ भने मनमा आउने चरम गिरावट वा निराश हुने अवस्थालाई डेप्रेशन भनिन्छ । मुड डिसअर्डर यी दुवै अवस्थाको मिश्रण हो ।
विभिन्न अनुसन्धानहरूमा पाइएअनुसार यसको लागि वंशानुगत कारण प्रमूख मानिन्छ । बावु आमा दुवैलाई यस्तो भएमा सन्तानमा यो समस्या देखिने सम्भावना धेरै हुन्छ । त्यसैगरी अन्य कारणहरूमा भावनात्मक तनावले विशेषगरी अभाव वा गरिवी, बावु–आमा बीच बढी झै–झगडा, साथीभाईको असहयोग आदिले पनि किशोर–किशोरीहरूमा निराशा वा असाधारण खुशीको अवस्था आउने गर्छ । विद्यालय तथा समाजको वातावरणको कारण पनि देखिन सक्छन् ।
मुड डिसअर्डरको अर्को महत्वपूर्ण पक्ष, पुरूषमा भन्दा महिलाको संख्या बढी भेटिएको छ । मुड डिसअर्डर भएका महिलाहरूमा पनि बढी मात्रामा खुशी भन्दा निराशा भेटिएको छ । विशेष गरेर सामाजिक सांस्कृतिक तथा आर्थिक कारणलाइ जिम्वेवार ठानिएको छ । समाजमा छोरा र छोरी बीच गरिने लैङ्गिक विभेद पनि प्रमूख रुपमा जिम्मेवार छ । पारिवारिक तथा सामाजिक नियन्त्रण, परिवार र बच्चा प्रतिको उत्तरदायित्व, र सानै उमेरमा विवाह गरिदिनाले कतिपय किशारीहरूले पारिवारिक जिम्मेवारीको बोझ बोक्नु पर्दा निराशा बढ्न गई रोगको रूप लिन सक्छन् ।
मुड डिसअर्डरको उपचार तथा रोकथामम गर्न सकिन्छ । यस्तो समस्या आएमा सहयोगको लागि नहिचकिचाइकन अभिभावकलाई भन्नुपर्छ । मुड डिसअर्डरबाट हुने दुवै खाले समस्या (मेनिया र डिप्रेशन) को प्रभावकारी उपचार उपलब्ध छ । मनोचिकित्सक र चिकित्सा मनोविद्सँग सम्पर्क गरेर उपचार गर्नु राम्रो हुन्छ । पारिवारिक मेलमिलाप, आपसी सहयोगको भावना र व्यवहारले यस्ता समस्या घटाउन मद्दत गर्दछ । अभिभावक तथा शिक्षकहरूले आफ्ना बालबालिका तथा युवा युवतीको भावना र व्यवहार बुझ्न सक्छन् । त्यसैले आफ्ना बच्चाहरूमा आएको व्यवहारिक परिवर्तन जस्तै एक्लै बस्ने, कम बोल्ने, नखाने, विनाकारण झर्को मान्ने वा बढी नै खुशी देखिने आदि देखिएमा उनीहरूसँग नजिकिएर समस्या बुझ्नु राम्रो हुन्छ र ती समस्याहरूका कारण अनुसारको सहयोग गरेमा आफै समस्या कम भएर जान्छ ।
बालबालिका तथा किशोरकिशोरीको मनमा आउने समस्या विशेष गरेर मनोसामाजिक कारणले नै हुने भएकोले उपचारमा पनि मनोसामाजिक पद्धति नै बढी प्रभावकारी हुन्छ । यसमा यस्ता तालिम प्राप्त मनोपरामर्शकर्ता वा चिकित्सा मनोविद्ले उनीहरूको समस्या बुझ्ने र त्यसको समाधानमा सहयोग गर्न सक्छन् । परिवारका अभिभावक तथा विद्यालयका शिक्षकहरूलाई पनि समस्याको स्वरुप अनुसार संलग्न गराएर मनोपरामर्श दिनुपर्ने पनि हुन्छ ।

Post a Comment