Header Ads

ग्यासको विकल्प 'वकल्पिक ऊर्जा'

काठमाडौ: भारतीय नाकाबन्दीका कारण खाना पकाउने एलपी ग्यासको चरम अभावले सर्वसाधारणको चुलो निभ्न थालेपछि सहरबजारमा समेत वैकल्पिक ऊर्जाका प्रविधि खरिद गर्नेको संख्या बढेको छ।
 
नाकाबन्दीपछि भुसे ग्यास चुलो (ग्यासिफायर), गोबर ग्यास, घरेलु सहरी ग्यास (बायो डाइजेस्टर), सौर्य ऊर्जा (रुफ टप सोलार) जस्ता वैकल्पिक ऊर्जा प्रविधि खरिद गर्नेको संख्या बढेको हो। विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालका अनुसार यस्ता प्रविधिको उपयोगबाट देशमा खपत हुने एकतिहाइ माग पूरा गर्न सकिन्छ।
गत वर्षको तथ्यांकअनुसार नेपालमा २५ अर्ब रुपैयाँ बराबरको एक करोड ८३ लाख थान एलपी ग्यासका सिलिन्डर भित्रिएका थिए। 'वैकल्पिक ऊर्जा उपयोग गर्ने हो भने ५६ लाख ९३ हजार थान सिलिन्डर विस्थापित गर्न सकिन्छ,’ उनले मंगलबार अन्नपूर्णसँग भने। 
 
उनका अनुसार बजारमा ग्यास अभाव भएपछि सबैभन्दा धेरै भुसे ग्यास चुलो (राइस हस्क स्टोभ) को माग अत्यधिक छ । साढे ११ हजार रुपैयाँ पर्ने यो चुलो एलपी ग्यासजस्तै धुवाँरहित छ र यसबाट १० जनाको परिवारलाई दाल र भात सजिलै पकाउन सकिन्छ । मुलुकमा खपत हुने कुल एलपी ग्यासको ३० प्रतिशत माग पूरा गर्न सकिन्छ। 
नाकाबन्दीपछि भुसे ग्यास चुलो (ग्यासिफायर), गोबर ग्यास, घरेलु सहरी ग्यास (बायो डाइजेस्टर), सौर्य ऊर्जा (रुफ टप सोलार) जस्ता वैकल्पिक ऊर्जा प्रविधि खरिद गर्नेको संख्या बढेको हो।
'सरकारले अलिकति सहयोगमात्र गर्ने हो भने दुई लाख घरपरिवारमा भुसे ग्यास चुलो लगाउन सकिन्छ,' धितालले भने, ‘सहरी क्षेत्रका लागि यो प्रविधि उपयुक्त छ।'नेपालमा भुसे ग्यास चुलोको बिक्री प्रवद्र्धन गरिरहेको नेपाल इनर्जी एन्ड इन्भारमेन्ट डेभलपमेन्ट सर्भिस (निड्स) का अध्यक्ष भूपेन्द्र दासका अनुसार नाकाबन्दीअघि सातामा एक थान चुलो बिक्री हुन मुस्किल थियो। 
 
नाकाबन्दीपछि थेग्नै नसक्ने गरी यसको माग आइरहेको उनले बताए। थाइल्यान्डमा पार्टपुर्जा बनी भारतमा जोडजोड पारिएको यो चुलो विराटनगरको जोगबनी र भन्सार नाकाबाट भित्रिरहेको दासले बताए। 
 
उनका अनुसार एक केजी धानको भुस ऊर्जाको स्रोत रहेको यस प्रविधिले एक घन्टा २० मिनेटसम्म बल्छ।अरू देशको ऊर्जामा निर्भर रहेकाले यस्तै अप्ठेरो परेका बेलामात्र नभई अन्य समयमा पनि यो प्रविधि नेपालका लागि उपयुक्त रहेको दासको तर्क छ। 
 
'धुवाँ नफाल्ने यो प्रविधि डेरामा बस्नेहरूका लागि समेत उपयुक्त भएकाले माग धेरै छ,' उनले भने।बोकेरसमेत हिँड्न मिल्ने अर्को ऊर्जाको प्रविधि प्लास्टिक बायो डाइजेस्ट (घरेलु सहरी गोबरग्यास) हो। 
 
धितालका अनुसार सहरी क्षेत्रका एक हजार घरपरिवारमा यो प्रविधि जडान गर्न सकिन्छ । भान्सामा कुहिने फोहोर जम्मा पारी त्यसलाई दुई घनमिटरको प्लास्टिक ट्यांकमा राखेर एलपी ग्यासजस्तै बल्ने यो प्रविधि प्रवद्र्धनका लागि मन्त्रालयले निर्देशन दिने हो भने छिटो गर्न सकिने धिताल बताउँछन्।
 
उनका अनुसार यो प्रविधि चीनबाट सजिलै आयात गर्न सकिन्छ। त्यस्तै सरकारी कार्यालय, विद्यालय, अस्पताल, बैंक, सपिङ मल, अन्य निजी कार्यालयलगायत दिउँसो काम हुने निकायमा छतमा सोलार प्यानल राख्ने हो भने दिउँसोको विद्युत् सञ्चय गरी बेलुकी उपयोग गर्न सकिनेतर्फ धितालले सुझाए।
 
नेपाल विद्युत् प्राधिकरणको भार प्रेषण केन्द्रका निर्देशक भुवनकुमार क्षेत्रीका अनुसार दिउँसो सञ्चालन हुने सबै कार्यालयले ५ देखि १० मेगावाट बिजुली खपत गर्ने अनुमान छ। 
 
वैकल्पिक ऊर्जाका दातृ निकायहरूले सरकारले दिँदै आएको अनुदान रकमलाई ऋणमा विस्थापित गर्न केन्द्रलाई दबाब दिइरहेका छन्। ऊर्जा संकटका बेला अनुदान बढाउनुपर्ने कार्यकारी निर्देशक धितालले बताए।

No comments

Powered by Blogger.