Header Ads

ग्यास कालोबजारी गरेको आरोपमा मनकामना ग्यासका मालिक पक्राउ

कार्तिक २०, २०७२- इन्धन र खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला जिल्ला प्रशासन कार्यालय बाँकेले कालोबजारी गरेको आरोपमा मनकामना ग्यास उद्योगका मालिक राजेश श्रेष्ठलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको छ ।
प्रति सिलिन्डर १ हजार ४ यस रुपैयाँमा पाइने ग्यास ८ हजार रुपैयाँमा बिक्री गरेको उजुरीका आधारमा प्रशासनले हिजो साँझ श्रेष्ठलाई  नियन्त्रणमा लिएको हो । प्रमुख  जिल्ला अधिकारी वेदप्रसाद लेखकले अनुसन्धान गरी कारबाही चलाउन  प्रशासकीय अधिकृत खगेन्द्र पौडेललाई खटाएको थियो ।  
 
 तर प्रशासकीय अधिकृत पौडेलले उद्योगले नै बढी मूल्यमा बिक्री गरेको नदेखिएकाले  प्रमाण जुटेका बेला कारबाही गर्ने गरि  हिरासत मुक्त गर्ने प्रक्रिया रहेको  बताए । श्रेष्ठ पक्राउ परे लगत्तै रिहा गर्न  प्रहरी प्रशासनमा  ठूलो राजनीतिक दबाब परेको थियो ।  प्रशासनले नेपालगञ्जमा ग्यास कालोबजारी गर्नेहरु माथि निगरानी राखेको  जनाएको छ ।
प्रकाशित: कार्तिक २०, २०७२



No comments

Powered by Blogger.