राष्ट्रिय हित विपरीत कुनै संझौता हुँदैन : प्रधानमन्त्री केपी ओली
काठमाडौं, कात्तिक १८ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हित विपरीत कुनै पनि संझौता गर्न नसकिने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुसँगको भेटमा प्रधानन्त्री ओलीले भारतले अमानवीय व्यवहार देखाएपनि नेपाली जनताको हित विपररीत कुनै संझौता गर्न नसकिने स्पष्ट पारेका हुन् ।
नेपाली जनजीवन अस्तव्यस्त र ऐंठनको स्थितिमा पुगेको भन्दै प्रधानमन्त्री ओलीले चाडै समस्या सामधान हुनेमा आफू आशावादी रहेको बताए । उनले जारी भएको संविधान लोकप्रिय भएको भन्दै लोकतान्त्रिक मुल्य र मान्यतामा आधारित संविधान भएको दावी गरे ।
प्रधानमन्त्री ओलीले संविधानले कसैलाई भेदभाव नगरेको भन्दै नेपालको संविधान विश्वमै उत्कृष्ट भएको पनि बताए ।

Post a Comment