भोलीबाट ग्यास, २७ गतेबाट सबै ईन्धन वितरण बन्द
काठमाडौ, २२ कार्तिक । नेपाल आयल निगमले भोलीबाट खाना पकाउने एलपी ग्यासँ र अबको पाँच दिन अर्थात कार्तिक २७ गतेबाट सबै किसिमका ईन्धनको वितरण बन्द गर्ने भएको छ ।
विगत पाँच दिनदेखि भारतको कुनै पनि नाकाबाट ईन्धन नआएको र नेपालमा रहेको स्टक ब्यवस्थापन गरेर वितरण गर्दा पनि पाँच दिन भन्दा बढी समय नपुग्ने स्थितिमा पुगेको हो ।

विगत पाँच दिनदेखि भारतको कुनै पनि नाकाबाट ईन्धन नआएको र नेपालमा रहेको स्टक ब्यवस्थापन गरेर वितरण गर्दा पनि पाँच दिन भन्दा बढी समय नपुग्ने स्थितिमा पुगेको हो ।
यस विषयमा नेपाल आयल निगमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस विषयमा सबै तथ्य तथ्याङकहरु व्रिफिङ गरिसकेको छ । भोली यस विषयमा आयल निगमले सार्वजनिक सूचना समेत जारी गर्ने तयारी गरेको छ ।
निगमले भोली एक पटक सबै तिर ग्यास वितरण गरेपछि अब फेरि वितरणको कुनै सम्भावना नरहेको जनाएको छ । नेपालमा ग्यास भण्डारण गर्ने संयन्त्र नभएको र आयात गर्ने ग्यास बुलेट समेत नभएकोले ग्यास छिट्टै सकिन लागेको हो । निगमले आजैबाट हवाई ईन्धन वितरणमा ५० प्रतिसत कटौति गरिसकेको छ । जसले आधा आन्तरिक उडान समेत कटौति भईसकेको छ ।
Post a Comment