तिहार मनाउने कि ग्यासको लाइनमा बस्ने ? (फोटो फिचर)
- नाकाबन्दीको असर
- , काठमाडौं
कार्तिक २५, २०७२- तस्बिरहरु : कौशल अधिकारी र प्रकाशचन्द्र तिमिल्सेना
बुधबार लक्ष्मीपूजाको दिन (आज) दिउसो काठमाडौंको सिफल चौरमा अलि फरक दृश्य देखियो । दसैंमा हालेको लिंगे पिङमा बालबालिकाहरु रमाइरहेका थिए । यो कुनै फरक दृश्य होइन । फरक दृश्य चाहिँ के थियो भने, यो पिङलाई रित्ता ग्यासका सिलिन्डरले घेरेर राखेका थिए ।
सहर एकातिर सयपत्री फूलका मालाले सुन्दर देखिएको छ भने अर्कातिर रित्ता ग्यासका सिलिन्डर र मट्टितेलका जर्किनले दुखी पनि देखिएको छ । रंग र उज्यालोको चाड तिहार मनाउने बेला नाकाबन्दीका कारण उब्जिएको अभावले मानिसको अनुहार मलिन बनाएको छ ।
प्रकाशित: कार्तिक २५, २०७२
Post a Comment