Header Ads

नेपालले नयाँ संविधान पाएपछि तपाईंलाई कस्तो लागिरहेको छ ?

कार्तिक १७, २०७२- 
हैट, के सोध्नुभएको यस्तो ? तेल नभएर बाइक थन्किएको साता दिनभन्दा बढी
 भैसक्यो । फेरि अस्तिदेखि ग्यास पनि सकियो । अब आफैं अनुमान गर्नुहोस् । 
हामी जनतालाई कस्तो लागिरहेको होला ?
कुमार बुढाथोकी

मलाई ठूलो कमेडीजस्तो लागिरहेको छ ।
मिलन लामा

संविधान आयो तर तेलको मुहान सुक्यो । देश अझै पछाडि धकेलियो । 
महेश राउत

मेरा लागि त खुसीको कुरा हो । 
शीतल खड्का

जनतालाई चाहिँ होइन नेतालाई चाहिँ खुसी नै लागेको होला ।
बाबाजी

हामी योभन्दा बढी कति खुसी हुने हो र ? जताततै ग्यास, पेट्रोल तथा डिजेलको
 अभाव छ । हाहाकार मच्चिएको छ । 
इमान बस्नेत

नया संविधान बनेपछि नेपालमा अरू धेरै कुरा बिग्रियो । यो चाहिँ दु:ख लाग्दो पक्ष हो ।
चन्द्रिका यादव

के नै परिवर्तन भएको छ र ? नेताले आफ्नो मनोमानी छाडेका छैनन् ।
रेशम आरबी

खुसी नै लागिरहेको छ ।
काशीराम भुसाल

नयाँ संविधानको स्वागत गरौं । सबैले खुसी मनाऔं ।
भूमिराज राई

संविधान आएपछि निम्तिएको घटनाले जनतालाई पिरोल्छ कि भन्ने चिन्ता छ ।
नवीन

आए पनि नआए पनि उस्तै लागिरहेको छ । यो संविधान आएर हामी गरिबबाट धनी,
 बेरोजगारबाट रोजगार हुने होइन क्यारे । त्यसैले खासै ठूलो खुसी लागेको छैन ।
श्री गुरुङ

अलिअलि खुसी र अलिअलि दु:खी छु म । स्वागत चाहिँ गर्नुपर्छ । सबै नेपालीलाई
 बधाई ।
दीपक खुश्मी

हाम्लाई खुसी पनि लाग्या छ, दु:ख पनि लाग्या छ । किनभने हाम्रा घर जाने बाटो 
मधेस प्रदेशबाट जान्या हुन्... कुरो बुजे हुन्छ ।
राजु मगर

संविधान आउनु खुसीको कुरा हो तर हिन्दू राष्ट्र चाहिन्थ्यो, हुन सकेन ।
जुबिन अधिकारी

खुर्पाको बिंडजस्तो लागिरहेको छ । सीमान्तकृतहरूका लागि केही भएन ।
शिरीष पौडेल

खुसी छौं हामी त ।
एमपि गौतम, राजकुमार खड्का, कस्यप दाहाल, दिप्सन लामागडे, सपना विष्ट,
 सरिता लामा

राम्रो लाग्यो । 
सागर राई, दीपेन्द्र विष्ट

कागलाई बेल पाक्यो हर्ष न बिस्मात । गरिबहरूलाई जे आए पनि के फरक पर्छ र ?
किसन केसी

नेपाल सुन्दर बनोस् । सबै जना खुसी हुन् । संविधानले सबैलाई समेटोस् ।
कमल क्षेत्री

धेरै खुसी लागेको छ, देश अब विकासतर्फ अघि बढ्छ कि ? भूकम्पले १० वर्षपछि
 धकेलिएको नेपाल अब अघि बढ्ने आशा जागेको छ ।
विनोद देउवा

वास्तवमै आत्मादेखि खुसी नहुने त को होला र ? वास्तविक खुसी नै यही हो ।
जियस

जनताको हितमा बने पो खुसी लाग्थ्यो । सबै पक्षलाई समेट्न सकेको छैन ।
रामचन्द्र

अत्यधिक खुसी लागेर कता जाऊ, के गरुँ भैराखेको छ ।
सागर घिमिरे

यो संविधानलाई स्वागत छ । यो संविधानले देशमा सुख, समृद्धि र शान्ति स्थापना 
गरोस् ।
सरोज भुजेल

कतै दीपावली त कतै ब्ल्याक आउट यस्तोमा संविधानको के महत्व रहन्छ ?
मनोज कुमार

नेपालमा संविधान बन्यो भन्ने कुराले खुसी छु तर संविधानमा नेपाल बन्द गर्नेलाई
 सजायको व्यवस्था रहेनछ दु:ख लाग्यो ।
कुशल शर्मा

कानो गोरुलाई औंसी न पूर्णिमा । 
बीबी कँडेल

संविधानमा लेखिएको नियम, कानुन सबैले पालना गर्नुपर्छ । त्यसका लागि नेपालको
 सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ । पालना नगर्नेलाई कडा सजाय हुनुपर्छ । सबै
 नेपालीले देशलाई माया गर्नुपर्छ र मिलेर देश बनाउनुपर्छ ।
रीना बराल

मलाई त राम्रो लागिरहेको छ । 
सानु साम्पाङ राई

एक थान संविधान पढ्न पाइएको छ । अरू त के हुन्छ र ?
सुप्रिम खड्का

खै, संविधान मात्र आएर त भएन । शान्ति र समृद्धि कहिले आउला ?
फडिन्द्र कुँवर

खुसी लाग्छ नि । नेपाल अब छिटै बन्छ भन्ने आशा जागेको छ ।
सक्सेस पाण्डे

हरेक धनी देशको इतिहास पढ्ने हो भने उनीहरू हाम्रो भन्दा बिजोग स्थितिबाट 
गुज्रिएका छन् । नयाँ संविधानपछि हाम्रा अगाडि थुप्रै चुनौती छन् । यद्यपि तिनको 
सामना गर्दै अघि बढ्ने हो भने पक्कै धेरै गर्न सकिन्छ । 
आर बराल

संविधान आएपछि दु:ख धेरै पाएका छौं । न त खाना खान पाएका छौं, न त
 भनेको ठाउँमा पुग्न सकेका छौं । नेताले आफ्नो स्वार्थ पूरा गर्न मात्र संविधान ल्याए,
 जनतालाइ कागलाइ बेल पाक्यो हर्ष न विस्मात भएको छ ।
एस. जे.

आन्दोलन, हत्या, हिंसा आदि बढिरहेको छ । देशमा सुख, शान्ति, अमनचयन कायम
 होस् । इन्धनका लागि लाइन लाग्नु नपरोस् ।
कमल ठकुरी

हाँसिरहन मन लाग्छ । दु:ख त सधैं भोगिरहेकै छौं नि ।
अनिमेष भावना मास्के

म त खुसी छु तर नेताहरू फेरिनुपर्छ अब । पुरानै तरिकाले देश चल्दैन ।
विश्वास राई

संविधान आउनुभन्दा पहिले जे लाग्थ्यो, अहिले पनि त्यही लाग्दैछ । हामी अभागी
 नेपाली ।
सुवास खनाल ‘अतीत’

कागलाई बेल पाक्यो हर्ष न बिस्मात । आमनेपालीलाई यसले कुनै फाइदा गर्दैन ।
वाईबी जीएम

बहाना सकिएजस्तो लाग्छ । अब देशको विकास गर्नुपर्छ ।
टेकेन्द्र विष्ट मधुपवन

कागलाई बेल पाक्यो हर्ष न विस्मातजस्तो लगिरहेको छ ।
राजेश नेपाली

अलि नमीठो लागिरहेको छ । बरु अपेक्षाविपरीत स्थिति अझ बिग्रदै गएको छ ।
सुमन बास्तोला

फेरि पनि एक छाक खान र एकसरो लगाउन विदेश नै त जानुपर्ने होला नि ? त्यसैले
 खासै केही भएजस्तो लागेको छैन । 
आई डु देव 


प्रकाशित: कार्तिक १७, २०७२

तपाईको प्रतिक्रिया

फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्




No comments

Powered by Blogger.