Header Ads

साउदी अरबबाट श्रीमानले पठाएको रकम झिकेको केहि समयमै काउसो दलेर ९१ हजार चोरी

इलाम – साउदी अरबबाट श्रीमानले पठाएको रकम झिकेको केहि समयमै विहीबार इलामकी एक महिलाको ९१ हजार ४ सय ७६ रुपैयाँ चोरी भएको छ ।

श्रीमान केन्द्रप्रसाद गौतमले साउदी अरबबाट पठाएको रकम निकाल्न शान्तिडाँडा २ फुटुककी हेमकुमारी गौतम विहीबार बिहान इलाम सदरमुकाम पुगेकी थिइन् ।
सदरमुकामको नविन चोक स्थित प्रभु मनि ट्रान्सफरबाट पैसा निकालेको केहिसमयमै हेमकुमारीको ढाडमा चोरले काउसोको धुलो हालेर पैसा चोरेर भागेको हो ।
हेमकुमारीको साथमा अरु दुई जना पनि ट्रान्सफरमा पुगेका थिए । ट्रान्सफरका कर्मचारी गोविन्द बस्नेतका अनुसार आफन्त सहित आएकी गौतमले पैसा गनेर ट्रान्सफरबाट बाहिरिएकी थिइन् ।
मनि ट्रान्सफरबाट निस्केर केही पर पुग्नासाथ कसैले काउसो दलिदियो । ढाँड एक्कासी चिलाएपछि झोला भुइमा राखेर कन्याउन थाल्दा झोलाको पैसा चोरले चोरेर भागेको पिडितले बताएकी छिन् ।
इलाममा चोरीको यो शैली नयाँ हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक अनिलराज गिरीका अनुसार चोरको खोजी भइरहेको छ ।
स्रोत : अन्नपूर्णपोष्ट

No comments

Powered by Blogger.