Header Ads

आ–आफ्नो रुचि एवं व्यक्तिगत स्वतन्त्रताको कुरा हो


आश्विन ७, २०७२- सबैको विचार पढें, यसमा मनोविज्ञ करुणा कुँवरको भनाइमा सतप्रतिशत सत्यता पाएँ । (एउटी किशोरी भन्छिन्, म पोर्नस्टार बन्न चाहन्छु) कतिपय अभिभावकले आफूले चाहेको इच्छा पूरा गर्न नसक्दा आफ्ना सन्तानमाथि उक्त इच्छा जबर्जस्ती लाद्छन् । सोही आकांक्षा उनकी आमामा देखियो । संसारमा आफ्नी आमाले भनेको कुनै पनि कुरा नाबालक सन्तानले अस्वीकार्न सक्दैनन् । अर्चनाकी आमाले आफू संकीर्ण समाजमा हुर्किएकाले आफ्नो इच्छा पूरा गर्न नसकेको हुँदा आफ्नी छोरीलाई कुनै पनि हालतमा पोर्न स्टार बनाउने दृढता लिएको प्रस्ट हुन्छ । 
शारखा पाठक

सबैको आ–आफ्नो रुचि एवं व्यक्तिगत स्वतन्त्रताको कुरा हो । (एउटी किशोरी भन्छिन्, म पोर्नस्टार बन्न चाहन्छु) पोर्न मुभि चाहिँ मोबाइलमा राखेर हेर्ने तर अरू कसैको रुचिलाई चाहिँ गलत भन्ने कुरा हाम्रै नेपालमा मात्र हुन्छ ।
रमेश महर्जन

मलाई साप्ताहिक मनपर्छ तर गएको अंकको कभर स्टोरी पढेर अचम्म लाग्यो । आमाले नै छोरीलाई यस्तो काममा साथ दिएको कुराले दु:खी तुल्यायो । अधिवक्ता ज्योति पौडेलको भनाइ चाहिँ सही छ ।
सुरेन्द्र घिमिरे, 

धेरै–धेरै बधाई छ मीरा जी । (मेसीसँग भेट्ने नेपाली युवतीको बयान) यस्ता खेलाडीहरूसँग भेट गर्न पाउनु पनि गर्वको कुरा हो । 
रत्न नेपाल, दीपक खुश्मी, सुमन थापा

यस्तो कुरा सोच्न थाल्यो भने त जिउनु नै पाप हो किनभने मानिसले जीवनमा कुनै न कुनै रूपमा पाप गरिहाल्छ । (अन्तर्वार्ता, गाई–भैंसीको दूध खानु पनि हिंसा नै हो–शक्ति योञ्जन) हामी फुल को हत्या गरी देउतालाई चढाउँछौं, अनि आफूले गरेको पापलाई धर्म मान्छौं ।
लोकेन्द्र गुरुङ

कल्पनाजी, तपाईंको कुरामा म सहमत छु । (साहित्य : हामी पारिजातभन्दा माथि जान सकेनौं, कल्पना वान्तवा) पारिजातको उचाइमा कुनै पनि महिला साहित्यकार पुग्न सकेनन् ।
सिके कार्की

कस्तो अचम्म भएछ त । (पहिलो विश्व : ४५ वर्षपछि जुत्ता फेला पर्‍यो) ४५ वर्षपछि पनि जुत्ता भेटिने रहेछ । 
विजय ठकुरी

बले बोरो त अब हिरो नि कि कसो ? (भद्रगोलले मलाई चिनायो) 
नवराज श्रेष्ठ, सुरेन्द्र जबेगु

http://bit.ly/1G4BBfr

No comments

Powered by Blogger.