Header Ads

बनेपा केन्द्रबिन्दु भएको भूकम्पको धक्का

काठमाडौं : काभ्रेपलान्चोकको बनेपा बजारलाई केन्द्रबिन्दु  बनाएर शुक्रबार दिउँसो अर्को भूकम्पको धक्का गएको छ । 
 
शुक्रबार दिउँसो ३ बजेर २३ मिनेटमा बनेपा बजारलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको धक्का काभ्रे र काठमाडौं उपत्यकासहित नजिकका जिल्लामा पनि महसुस भएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पटक बुधबार सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडकै भूकम्प गएको थियो । 
 
अन्नपूर्ण पोस्ट्को     मा जोडिनुस् । मोबाइलका लागि  र बाट एप डाउनलोड गर्नुस् ।
- See more at: http://www.annapurnapost.com/News.aspx/story/22409#sthash.oWgAaEkc.dpuf

No comments

Powered by Blogger.