Header Ads

खाडी मुलुक अनि गैरकानुनी नेपाली

खाडी मुलुक अनि गैरकानुनी नेपाली

आङ काजी शेर्पा ‘आकाश’,
नोभेम्बर ५ –
   नेपालीहरुको रोजगारीको लागि खाडी अवसर भएको मुलुक बनेको छ । नेपाली कामदारहरु विभिन्न क्षेत्रमा काम गर्नकै लागि खाडीमा गएर छासमिसे काम अनि कमाइ पनि धेर-थोर आयआर्जन गरेका छन् । कतिले यहाँ लामो समय बिताउदै राम्रै जिविकापार्जन गर्दै आएका छन् भने कतिले यस दुनिया बाट कहिल्यै नफर्कने गरि अल बिदा भएका छन् । रहर अनि बध्याताको बीचमा सुनौलो भविष्यको सपनाहरू बोकेर लाखौं युवायुवतिहरु खाडी छिर्छन । त्यस खाडी मध्येको कुवेत देशमा अहिले सम्म पैसाठ्ठी हजार भन्दा माथी नेपाली कामदार रहेको तथ्यहरुले बताउछन् ।
सानो देश तर रोजगारको लागि उत्तम भन्छन खै किन के कारणले ? कुवेतमा गैरकानुनी रुपमा चार हजार भन्दा माथि को तथ्यांक नेपाली दूतावास संग छ, तर त्यहा काम गर्ने कामदार अनि नेपाली समुदाय ले छ हजार भन्दा माथी छ र अझै बढ्ने क्रम जारी रहेको कुरा बताउछ्न । गत अक्टोबर सोह्र २०१५ तारीखका दिन कुवेतका लागि नेपाली राजदूत यज्ञ बहादुर हमालको अगुवाइ मा अबैध रूपमा कामदार बढ्नु र विभिन्न कारणले मृत्यु हुने गरेको बिषयमा छलफल भएको थियो । जसमा अबैध कामदार हुनुको कारण सहित कुवेतमा सक्रिय विभिन्न मिडिया अनि संघ सस्थाहरुले धेरै कुराहरु बाहिर ल्याएका छन ।
गैर कानुनी बनाउनुमा नेपालीहरुनै सकृय
परिवारलाई सुख दिन भनी खाडी पसेर कमाइ राम्रो संग नहुदा अनि नेपाल बाट विदेश आउदा म्यानपावरले भने अनुसारको तलब सुबिधा नपाउदा के गरौ कसो गरौको अबस्थामा अरु कम्पनीमा भागेर काम गर्दा राम्रो तलब सुबिधा अनि कमाइ राम्रो हुन्छ भनी भागेर काम गराउनालाइ नेपाली समुदायहरुनै सकृय रहेको गुनासो पीडित हरु बताउछन् ।
कुवेत मा घरेलु कामदारको रूपमा आएका महिलाहरु बढी मात्रामा अबैध रहेको धेरैले भन्छन त्यसमा मुख्य हात् नेपालीकै छ । बिशेष गरेर नेपालबाट आएका घरेलु कामदारहरुको लागि एक्कासी घरभित्रको रहन सहन र रिति रिवाजले अन्धकार महसुश भएको हुन्छ भने अर्को तिर घर मालिकले गरेको शोषण अनि थेग्नै नसक्ने कामको चापले आत्तालिएको बेला कति पुरुषहरुले विभिन्न प्रलोभन देखाउदै महिलाहरुको कम्जोर स्मरण शाक्तिको फाइदा उठाएर राम्रो घरमा भएकाहरुलाइ पनि उक्साएर घर देखि बाहिर निकाली उनिहरुलाइ गैरकानुनी हुन बाध्य पार्छन् ।
यस्तैमा एकजना कुवेतमा अबैध रूपमा भेटिएकि घरेलु कामदार महिला अस्मि (नाम परिवर्तन )ले गुनासा राखेकी छिन् उसैको बोलि ” काम गरिरहेको घर त ठिकै थियो तर एक जना महिलाले मलाई बाहिर राम्रो कमाइ हुन्छ भनेर आएको तर बिजोग भए, त्यही बसेको भए नेपाल जाने बेला हुन्थ्यो, अहिले आएर न नेपाल जान पाउनु न त शान्तिले बस्न पाउनु , कुन दिन पुलिसले पक्रीन्छ थाहा छैन” भन्दै पछुतो लागेको सुनाइन् l यिनी त एक पात्र मात्रै हुन्, यसैगरी बाहिर निस्केर गैरकानुनी काम गर्ने र गराउने नेपालीहरु धेरै भेटिन्छन । तर को हुन र के काम गर्छन् भनेर बताउन चाहन्दैनन् । यसरी नेपालीहरुनै कोहि कसैको बाध्यता को फाइदा उठाउछ्न ।
सम्बन्धित निकायबाट नै बाध्य
नेपाल सरकारले घरेलु कामदार महिलाको लागि खाडीमा बन्द गरे ता पनि विभिन्न म्यानपावर को ब्याक्तिहरु मार्फत पैसा दिएर सेटिङ मिलाएर नेपालकै एयरपोर्ट बाट र दोस्रो मुलुकको बाटो बनाइ कुवेत लगायत अरु खाडी क्षेत्रमा धेरै भन्दा धेरै नेपालीहरु आइरहेका छन । यदि सेटिङ मिलेमा नेपाल बाट श्रम स्विर्किती लिएर नभए दिल्लीको बिमानस्थल हुँदै अझै खुल्ला रूपमा खाडीमा बढी मात्रामा घरेलु कामदारहरु आइनै रहेका छन । नेपालमा केही गर्नको लागि नत लगानी हुन्छ नत राजनीतिक अस्थिरताले गर्दा केही गर्ने बाताबरण हुन्छ? सरकारले यस्ता युवा पुस्ताहरुलाई रोजगार को राम्रो ब्यबस्था नहुनु अनि महँगीको चपेटामा परिवारलाई पाल्नकै लागि यसरी विदेशिन बाध्य हुन्छन् ।
यसरी दोस्रो मुलुकबाट आएकाहरुको कुनै पनि कानुनीरुपमा कागजातहरु बनेको हुदैन र यहाँ आइसके पछि खाडीमा भिसा भए पनि सरकार बाट अनि वैदेशिक रोजगार बिभाग बाट पाउने सुबिधा बाट बन्चित हुन्छन् । म्यानपावर ब्याबाशायीहरु पनि कामदार संग गरेका कतिपय सम्झौता पत्रहरु कामदारलाइ दिदैन l यदी कोहि राम्रो संग बोल्न सक्ने र पढ्न सक्ने छ भने मात्र दिन्छन् तर सोझो सिधाहरुलाइ सधै ठगी रहेको हुन्छ्न् ।
कुवेतमा घरेलु कामदारकोरुपमा आएकाहरुलाई यस्तो गैरकानुनीरुपमा किन आएको भनेर सोध्दा सबैले उत्तर दिन्छन् ‘के गर्नु परिवार पाल्न त पर्यो नेपाल् मा बसेर क गर्न सकिन्छ’ भन्ने निराशा जनक कुराहरु राख्छन् अनि आए भन्छ्न ।सरकारले यसरी बन्देज त लगायो तर उचित ब्याबस्थापन हुन नसक्दा नेपाल भन्द अर्को बाटो बाट यसरी खाडीमा झन नेपाल सरकार र रोजगार बिभाग मा दर्ता नहुदा सम्बन्धित निकाय बाट नै नेपालीहरु त्यसमा नि घरेलु कामदार को रुपमा आउने महिलाहरु झन अबैध हुन बाध्य छन् ।
नेपाल सरकारबाट नै यस्को समाधान के हुन्छ र कसरी यसलाई रोक्न सकिन्छ भनेर चासो नदिए र वैदेशिक रोजगारमा जाने कामदार लाई आत्मनिर्भर बनाउन अझै सकिएन भने धेरै मात्रामा नेपालीहरु खाडीमा आएर ठुला ठुला हन्डर र भयाबह अवस्था नहोला भन्न सकिन्न त्येसैले यसको रोकथामको लागि समयमै सम्बन्धित निकायको ध्यान पुगोस र सबै नेपाली सुरक्षितरूपमा बस्न सकुन् ।

No comments

Powered by Blogger.