मधेसलाई साथ दिन बाबुरामले काठमाडौंमा आन्दोलन चर्काउने
मधेसलाई साथ दिन बाबुरामले काठमाडौंमा आन्दोलन चर्काउने
ओली सरकार धेरै दिन टिक्दैन : बाबुराम
जनकपुरधाम : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मधेसलाई साथ दिन बाबुरामले काठमाडौंमा आन्दोलन चर्काउने बताएका छन्। -
नयाँ शक्ति निर्माण अभियानको क्रममा शनिबार जनकपुरमा पुगेका भट्टराईले भने, 'तिहारसम्म मधेसको मुद्दा सम्बोधन नगरिए काठमाडौंबाट पनि आन्दोलन चर्काउने तयारी भइरहेको छ।पहाडी समुदाय पनि मधेशीसँग मिलेरै आन्दोलन आउने छन्।'
मधेश आन्दोलनको कारण सिंगो मुलुक तहसनहस भइसक्दा पनि सरकारले समस्या समाधानतर्फ अग्रसरता नदेखाउनु दुर्भाग्य भएको बताए । उनले अधिकारको लागि जारी मधेश आन्दोलनको मर्म बुझेर तत्काल सम्बोधन गर्नुपर्नेमा भारतीय नाकाबन्दीसँग जोडेर आन्दोलनलाई नै बदनाम गर्ने कोसिस भइरहेको आरोप पनि लगाए।
‘मधेशी र पहाडी समुदायबीचको भावनात्मक विभाजनले डरलाग्दो घटनाको संकेत गरिरहेको छ’ उनले थपे, ‘यो खाडल बढ्न नदिन सुशिल कोइराला, केपी ओली र प्रचण्डले संयुक्त टोली गठन गरी वार्तामा बसिहाल्नुपर्ने हो ।’ मधेश आन्दोलनलाई आन्तरिक राजनीतिक संवाद र भारतसँग कुटनीतिक संवाद गरी अगाडी बढ्नुपर्ने उनको भनाइ थियो।
मधेश आन्दोलन र भारतीय नाकाबन्दीलाई एउटै आँखाले हेर्न नहुने बताउँदै भट्टराईले मधेशको समस्या सम्बोधन भए भारतीय नाकाबन्दी स्वतः हट्ने बताए।मधेश आन्दोलनमा नयाँ शक्ति निर्माण अभियानको पूर्ण समर्थन रहेको बताउँदै उनले यस बारेमा काठमाडौंमा पनि बहस सुरु भइसकेको बताए।
नयाँ शक्तिले आन्तरिक आत्मनिर्भरता कायम गरी बलियो राष्ट्रवाद, समानुपातिक–समावेशी र सहभागीता मुलक लोकतन्त्रको संस्थागत, समतामुलक समृद्धि, सदाचार, सुशासन र समृद्धि तथा समाजवादी प्रणाली युक्त मुलुक निर्माणको लागि कटिबद्ध रहने ठोकुवा गरे।
संघीयता विरोधी कमल थापा नेतृत्वको टोलीबाट मधेशको मुद्दा सम्बोधन हुन नसक्ने जिकिर गर्दै तत्काल समस्या समाधान गर्न प्रधानमन्त्री सहित प्रमुख दलका अध्यक्षहरु स्वंय वार्तामा बस्नुको विकल्प नरहेको बताए।
भट्टराईले चित्रबहादुर केसी जस्तो घोर संघीयता विरोधी र कमल थापा जस्तो धर्म निरपेक्षता सुन्नै नचाहने विपरित राजनीतिक ध्रुवका व्यक्तिहरु उपप्रधानमन्त्री रहेको ओली नेतृत्वको सरकार धेरै दिनसम्म नचल्ने टिप्पणी गरे।
‘मुलुकको पहिलो राजनीतिक शक्ति नेपाली काँग्रेस सत्ता प्रेमकै कारण यथास्थितिवादी बन्यो’ उनले भने, ‘पछि एमाले र एमाओवादी पनि सत्तालिप्साकै दुष्चक्रमा जनतामाझ धमिलिन पुगे । त्यसैले पनि नयाँ शक्ति निर्माणको आवश्यक्ता परेको हो ।’
शनिबार १२ बजे यहाँ आएर तीन बजे राजधानी फर्केका भट्टराईले नयाँ शक्ति निर्माणको आवश्यक्ता वारे आफ्नो कुरा राखिसकेपछि सहभागीले लिखित जिज्ञासा राखे भने उनले सबैको जवाफ फर्काएका थिए। सहित
Post a Comment