स्थानीय नेता पौडेलको हत्या भएपछि लेखनाथ तनावग्रस्त
स्थानीय नेता पौडेलको हत्या भएपछि लेखनाथ तनावग्रस्त
डन न्यूज संवाददाता
पोखरा, २९ साउन ।
राजनीतिक दलहरुले युवा संगठनको नाममा गुन्डाहरु भर्ती गर्ने र उनीहरुलाई संरक्षण गर्ने प्रवृत्तिका कारण आफ्नै पार्टीका इमान्दार र सच्चा कार्यकर्ताहरुको हत्या हुने श्रृंखला सुरु हुन थालेको छ । ‘बुढी मरी भन्दा पनि काल पल्कियो’ भन्ने डरले यतिबेला लेखनाथ नगरपालिकामा एक स्थानीय नेताको हत्या भएपछि स्थानीय नेता तथा कार्यकर्ताहरु त्रसित भएका छन् । गुट र उपगुटका नाममा गुन्डाहरु भर्ती गर्ने र विवादमा तिनीहरुलाई नै प्रयोग गर्ने प्रवृत्तिका कारण लेखनाथमा एक इमान्दार र सच्चा कार्यकर्ताको दुःखद हत्या हुन पुगेको हो ।
पोखरा, २९ साउन ।
राजनीतिक दलहरुले युवा संगठनको नाममा गुन्डाहरु भर्ती गर्ने र उनीहरुलाई संरक्षण गर्ने प्रवृत्तिका कारण आफ्नै पार्टीका इमान्दार र सच्चा कार्यकर्ताहरुको हत्या हुने श्रृंखला सुरु हुन थालेको छ । ‘बुढी मरी भन्दा पनि काल पल्कियो’ भन्ने डरले यतिबेला लेखनाथ नगरपालिकामा एक स्थानीय नेताको हत्या भएपछि स्थानीय नेता तथा कार्यकर्ताहरु त्रसित भएका छन् । गुट र उपगुटका नाममा गुन्डाहरु भर्ती गर्ने र विवादमा तिनीहरुलाई नै प्रयोग गर्ने प्रवृत्तिका कारण लेखनाथमा एक इमान्दार र सच्चा कार्यकर्ताको दुःखद हत्या हुन पुगेको हो ।
नेपाली काँग्रेस भित्र संस्थापन पक्ष र देउवा पक्ष बिचको गुटवन्दी र स्थानीय विवादका कारण गुन्डाहरुको आक्रमणबाट कास्की काँग्रेसका नेता ५२ वर्षीय रामजी पौडेल बादलको बिहीबार राती हत्या भएको हो । पौडेलको शव लेखनाथ नगरपालिका वडा नं. १२ गगनगौंडामा पृथ्वीराजमार्ग नजिक भिरबाट फालेको अवस्थामा भेटिएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले राजु रानाभाटलाई पक्राउ गरेको छ । अन्य संलग्नहरुको खोजी कार्य जारी रहेको कास्की प्रहरीले बताएको छ ।
रामजी पौडेल बादल नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तथा कास्की जिल्ला सभापति हुन् । उनी देउवा निकटमा रहेर लेखनाथ काँग्रेसको राजनीतिमा सक्रिय रहेका थिए । सधै हसिलो देखिने कालो टोपी र कालै चश्मा लगाएर हिड्ने पौडेल संस्थापन तर्फका कार्यकर्ताका समेत प्रिय थिए । साथी भाइ भेट्यो की जय नेपाल भन्दै सम्वोधन गर्ने र हाँस्ने स्वभावका थिए, कसैलाई पिराएका थिएनन् यस्ता सिधा मान्छेको हत्याले काँग्रेसमा गुण्डा संस्कृतीले प्रश्रय पाएको गुण्डा संस्कृती हुर्केको भन्दै स्थानीय काँग्रेसका नेता तथा कार्यकर्ताले चिन्ता व्यक्त गरेका छन् ।
विहीबार राती पौडेलसँगै रहेका अन्य साथीहरुमाथि पनि सांघातिक हमला भएको थियो । लेखनाथ वडा नं. १३ का काँग्रेस नेता बुद्धिमान गुरुङको घरमा छलफल पछि फर्किने क्रममा पौडेलसहित तीनजनामाथि काँग्रेसकै संस्थापन पक्षका कार्यकर्ता र गुन्डाहरुले गगनगौंडामा बाटो छेकेर आक्रमण गरेका थिए । आक्रमणबाट लेखनाथ नगरपालिका वडा नं. १ सैनिकवस्तीका मनोज गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
नेपाली काग्रेसको महाधिवेशन नजिकिदै जाँदा काँग्रेसका कार्यकर्ता विच क्रियाशिल सदस्यता लगायतका विषयमा स्थानीयस्तरमा विवाद चर्किएको थियो । एकसाता अघि लेखनाथको तालचोकमा देउवापक्षका कार्यकर्ता लेखनाथ नगरपालिकाका वडा नं. ९ का नारायणहरि तिवारीलाई संस्थापन पक्षका गुण्डा विश्वास गौतमले हातपात गरेका थिए । तिवारीलाई हातपात गरेको अवस्थामा पौडेल लगायतले छुट्टाएका थिए ।
तिवारीलाई देउवा पक्षले नगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेको थियो । सोही विवाद मिलाउन पौडेल, तिवारी र मनोज गुरुङ स्थानीय नेता वुद्धिमान गुरुङको घरमा पुगेका थिए । त्यहाँ कुरा मिल्न नसकेपछि पौडेल, गुरुङ र तिवारी घर फर्कने क्रममा उनीहरुमाथि गगनगौंडामा आक्रमणमा भएको थियो ।
पौडेल र मनोज गुरुङ एउटा मोटरसाइकलमा र नारायणहरी अर्को मोटरसाइकलमा फर्किएका थिए । पहिला नारायणहरि माथि आक्रमण भएको र पछि पौडेल र मनोज माथि आक्रमण भएको थियो । पौडेललाई अन्यत्र लगि हत्या गरेर त्यहाँ फालिएको हुन सक्ने आंशका गरिएको छ ।
घाईते गुरुङ उपचार पछि अहिले वडा प्रहरी कार्यालय लेखनाथ बरालथरमा रहेको बताइएको छ । उनीसँग घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
पौडेलको हत्यामा संलग्न भएको भन्दै स्थानीय आक्रोशित भिडले लेखनाथ–१२ का विश्वास गौतमको गाडीमा आगजनी गरिदिएका छन् । गौतमको बा १३ च ३२८० नम्बरको मारुती सुजुकी कार पौडेलको शव भन्दा केही माथि पृथ्वीराजमार्ग छेउ एक घर अगाडी पार्किङ गरीराखेको अवस्थामा भेटिएको थियो । स्थानीय आक्रोशित भिडले हत्यामा गौतम संलग्न भएको आंशका रहेको भन्दै गाडीमा आगजनी र तोडफोड गरिदिएका थिए । गाडी पूर्ण रुपमा क्षति भएको छ ।
स्थानीय र मृतक पौडेलका आफन्त तथा नेपाली काग्रेसका कार्यकर्ताले दोषी माथि कारवाही र कडा सजाय हुनु पर्ने माग गर्दै विहानै देखी पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् । उनिहरुले गगनगौडामा सडकमा टायर तथा ढुंगा राखेर सडक अवरुद्ध गरेका हुन । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
तस्विर सौजन्य : राजबहादुर गुरुङ र दिनेश लामिछाने
समाचार स्रोतः विगन्यूज डटकम
समाचार स्रोतः विगन्यूज डटकम







Post a Comment