Header Ads

शुरु भयो प्रथम बेगनास फिस फेस्टिवल

                             लेखनाथको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास

पोखरा, २२ फागुन ।
आन्तरिक तथा बाहिय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रथम बेगनास फिस फेस्टिवल २०७१ शुक्रबार देखी बेगनासतालमा भव्य शुभारंभ भएको छ । बेगनासताल जाऔं माछाका परिकारमा रमाऔं, भन्ने मुलनाराका साथ आयोजना गरिएको महोत्सवको लिवर्डका अध्यक्ष कृष्णप्रसाद बरालले बेगनासतालमा माछाका भूरा छाडेर उद्घाटन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्दै, बरालले बेगनास र रुपाको जलाधार क्षेत्रमा जैविक विविधताको प्रचुर संभावना रहेको उल्लेख गर्नु भयो । बरालले लेखनाथको विशेषता जैविक विविधतामै रहेको उल्लेख गर्दै, यसको संरक्षण मात्र गर्न सके, पर्यटकीय गतिविधि बढाउन अरु क्रियाकलाप गर्न नपर्ने बताउनुभयो ।
लोपउन्मुख अवस्थामा रहेका जंगली धान, सुनगाँभा र दुर्लभ चराचुरु·ीको क्षेत्र भएकाले पनि विश्व सम्पदाको सूचीमा राखेर लेखनाथका जलासय तथा वेट ल्याण्डको संरक्षण गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा लेखनाथ नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत रामचन्द्र पौडेलले पोखरा आउने पर्यटकलाई लेखनाथसम्म ल्याउनका लागि सिजनल गतिविधिमा मात्रै जोड नदिई दिर्घकालिन योजना निर्माण गर्नु पर्नेमा जोड दिनु भयो । नगरपालिकाले प्रमुख पर्यटकीय केन्द्रका रुपमा बेगनासताललाई विकास गर्न लागेको उल्लेख गर्दै, झण्डै एक करोडको लागतमा बराह क्षेत्र तथा मन्धरे पार्कलाई सुधार गरिएको बताउनु भयो । उहाँले ताललाई मानविय अतिक्रमणबाट जोगाउन आग्रह गर्दै, तालविनाको बेगनास क्षेत्रको जीवन परिकल्पना गर्न नसकिने उल्लेख गर्नु भयो ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले पछिल्लो क्रममा लेखनाथको विकासका लागि चार पाँच वटा विशेष महत्व राख्ने योजना अगाडी सारिएको उल्लेख गर्दै, सवैको इच्छाशक्ति भए ति योजना कार्यन्वयन भएरै छाड्ने बताउनु भयो । उहाँले अन्तराष्ट्रियस्तरको बसपार्क, सेमिनार हल, चिडियाघर, चक्रपथ र क्रिकेट मैदानका लागि लेखनाथमा संभाव्यता अध्ययन भैरहेको उल्लेख गर्दै, यि योजना महत्वकाक्षी भए पनि पुरा भए लेखनाथको कायापलट हुने वताउनु भयो ।
फेस्टिवलका मूल संयोजक एवं होटल तथा रेष्टुरेण्ट एशोसियशन लेखनाथका अध्यक्ष दुर्गाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाली काग्रेस लेखनाथ नगरसभापति राजेन्द्रमणि लामिछाने, नेकपा एमाले लेखनाथ नगर अध्यक्ष मोहम गुरुङ, एमाओवादी नगर अध्यक्ष विनय थापा, होटल तथा रेष्टुरेण्ट एशोसियशन लेखनाथका संस्थापक अध्यक्ष तथा महोत्सवका निर्देशक श्री किरण खनाल, सम्पूर्ण आमा तथा महिला समूहहरुका तर्फबाट बेगनासताल महिला समूहका अध्यक्ष सुनिता भट्टराई, एनआरएन युकेका रमेशप्रसाद अधिकारी, गैरसरकारी महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । महोत्सवको उद्घाटन महासचिव बिरभद्र कंडेलले संचालन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न आमा समूह तथा जनजातिले र्याली प्रदर्शन गरेका थिए । भने प्रजापति पराजुली, शिवहरी ढुंगाना लगायतका कलाकारले लोकदोहोरी प्रस्तुती गरेका थिए ।
फेस्टिवल होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथको आयोजना र वेगनास डुङगा व्यवसायी समिती, स्थानीय सामाजीक संघ सस्था,युबा क्लब तथा आमा समुहको सहभागीतामा बेगनासताल किनारमा फागुन २४ गतेसम्म संचालन हुने छ ।
करिब एक लाख दर्शकलले अवलोक गर्ने अपेक्ष्या गरिएको फेस्टिबलमा महिला तथा पुरुष खुल्ला डुंगा दौड प्रतियोगिता, माछा तथा खानाका स्टलहरु, मह तथा कफी प्रर्दशनी, जडीबुटी प्रर्दशनी, पप कन्सर्ट, लोकदोहोरी साथै स्थानिय सांस्कृतिक कार्यक्रमहरु, भेषभूषा तथा झांकी प्रर्दशनी, खुल्ला पौडी प्रतियोगिता, वाल उद्यान र चिडिया घर लगायतका कार्यक्रमहरु रहेका छन् ।
फेस्टिवलमा करिव ३० वटा विभिन्न प्रकारका स्टलहरु राखिएका छन् । करिव ९ लाख खर्च हुने र करिव ११ लाख आम्दानी भई २ लाख वचत हुने अपेक्षा राखिएको छ । वचत भएको रकम लाई वेगनास तालको संरक्षण तथा सरसफाई, लेखनाथको तालचोकमा स्वागत गेट, लेखनाथको प्रचार प्रसारका लागि होडिङ वोर्ड राख्ने साथै लेखनाथमा रहेका पर्यटकिय क्षेत्रहरुको जानकारी सहितको व्रोसर छपाई गरिने लक्ष्य राखिएको छ ।
प्रवेश निशुल्क रहेको फेस्टिवलमा दर्शकहरुका लागि माछाका विभिन्न परिकार तथा आला माछा समेत खरिद गरेर लैजान सकिने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् । बेगनासताल बसपार्क देखी मन्धरेपार्कसम्म करिव १ किलो मिटरको क्षेत्रसम्म रेष्टुरेण्ट व्यवसायीले सडकमै खाने बस्ने व्यवस्था मिलाएका छन् भने बेगनासताललाई झकिझकाउ गरी सजाईएको छ ।

No comments

Powered by Blogger.