इन्काउन्टर अफिसर'मा निखिल
काठमाडौं: लामो समयपछि चलचित्र 'भैरव'मार्फत नेपाली चलचित्र क्षेत्रमा फर्केका अभिनेता निखिल उप्रेतीको एक्सन अब चलचित्र 'इन्काउन्टर अफिसरमा हेर्न पाइने भएको छ।
चलचित्र 'कुर्बान र 'सञ्जोग' निर्देशन गरिसकेका वेदप्रसाद भुर्तेलको निर्देशन रहने यस चलचित्रमा हर्क देउवा निर्माता एवं प्रतीक श्रेष्ठ सहनिर्माता रहेका छन्। चलचित्र सेवान्तिका फिल्मस् र एभरेस्ट फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गरिन लागेको हो।
निर्माता देउवाले चलचित्र 'इन्काउन्टर अफिसर' देशको वर्तमान अवस्थामा केन्द्रित रहने जानकारी दिए। निर्देशक भुर्तेलले पनि चलचित्रले अहिले देशमा रहेको जटिल परिस्थितिलाई मुख्य मुद्दाका रूपमा उठान गरेको बताए।
'यसअघिका मेरा दुईवटा चलचित्र व्यावसायिक धारमा थिए भने यस चलचित्रले राष्ट्रियतालाई अँगालेको छ', उनले भने।चलचित्रमा निखिलका साथै दिलकृष्ण श्रेष्ठ, प्रज्ज्वल गिरी, प्रतीक श्रेष्ठ, डीबी लामालगायतको अभिनय रहनेछ।
चलचित्रमा शिवम् अधिकारीको लेखन, हिमाल केसीको द्वन्द्व, अर्जुन पोख्रेल र केशरकुमार कालिकोटेको संगीत, दिनेश पाख्रिनको नृत्य एवं सौरभ लामाको छायांकन रहनेछ। -

Post a Comment