Header Ads

सेना परिचालन गरेर रक्सौल नाका खोल्ने तयारीमा सरकार

काठमाडौ, १४ असोज । लामो समयदेखि मुख्य नाकाको रुपमा रहेको रक्सौल संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुको धर्नाका कारण अवरुद्ध हुँदा मुलुकमा अत्यवाश्यकीय बस्तुको अभाव चरम हुन थालेपछि सरकारले सेना परिचालन गरेरै भएपनि सो नाका खोल्ने तयारी गरेको छ ।
सेना परिचालन मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने ब्यवस्था रहे अनुसार यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलसहित राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली सेनाका प्रधानसेनापतिसँग समेत छलफल गरिसकेका छन ।
सीमांकनको विषय आयोगमार्फत टुङग्याउन तयार नभई मधेसी मोर्चा बार्ता प्रक्रिया छाडेर आन्दोलनमा गए पछि सरकारले अत्यावश्यकीय बस्तु भित्र्याउन सो नाकामा सेना परिचालन गर्ने तयारी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
यस विषयमा प्रधानमन्त्री थप छलफलमा रहेको बताईएको छ । भुकम्पबाट पीडितहरुको जनजीवन थप कष्टकर बन्दै गएको, पुर्ननिर्माणको काम अगाडि बढाउन नसकिएको, राजधानीसहित मुलुकभरीको जनजीवन असमान्य बन्दै गएको, खेतिको लागि आवश्यक रसायनीयक मल भित्र्याउनु पर्ने र धान तयार पार्न डिजेलको अभावले समस्या उत्पन्न हुन थालेपछि सरकार सेना परिचालन गरेरै भएपनि नाका खोलाउने तयारीमा जुटेको बताईएको छ ।

No comments

Powered by Blogger.