Header Ads

मधेसीले के गर्न सक्छन् र भनेर उपेक्षा गरेका कारण देशमा हाहाकार हुँदै छ – उधोग राज्य मन्त्री निषाद


काठमाडौं, १९ कार्तिक । नवगठित सरकारका नवनियुक्त उधोग राज्य मन्त्हरी तथा मधेस समता पार्टी नेपालका अध्यक्ष मेघराज निषादले नेपाली कांग्रेसले चाहेको भए अहिलेको मधेस आन्दोन नहुँने बताएका छन् । उनले कांग्रेसले चाहेर तात्कालिन प्रधानमन्त्री सुशील कोइरालाले थोरै मेहनत गरेको भए देशमा आगो नलाग्ने बताउँदै अहिलेको मधेस आन्दोलन नहुने जिकीर गरेका छन् । तात्कालिन प्रधानमन्त्री कोइरालाको शिथिलपन र मन्त्रीहरुको मधेसीको झिनो मसिन माग भन्ने बुझाइका कारण मधेसमा आन्दोलन चर्किएको उनको भनाई छ । आन्दोलनकै कारण भारतले नाकाबन्दी गरेको र देशभर हाहाकारको अवस्था सिर्जना भएको समेत उनको बुझाई छ ।image

कोइरालाले मधेसका आन्दोलन सम्बोधन गर्न चाहेको भए सम्पूर्ण दलले कोइरालाई साथ दिने समेत उनले ठोकुवा गरेका छन् । तर, संविधान जारी पूर्व मधेसीका समस्यालाई हल्का रुपमा लिएर यो मधेसीहरुले के गर्न सक्कछन् र भन्ने हिसावले लिएको उनको आरोप छ । उनले संविधान जारी पूर्व मधेसीहरुलाई वार्तामा समेत नबोलाएको समेत आरोप लगाएका छन् । सरकारले वार्तामा बोलाएको भए त्यसबेला मधेसी नेताहरु सकारात्मक भएको उनको भनाई छ ।
अझै पनि तराई आन्दोलनको सरकारले वार्ताका माध्यमबाटै हल गर्नु पर्ने उनको भनाई छ । बम र बारुदले कुनै पनि समस्याको समाधान नगर्ने भन्दै उनले सरकारले मधेसीका मुद्धालाई सकारात्मक रुपमा बुझिरहेका बेला मधेसी नेताहरुबीचमा रहेको फुटका कारण समस्या समाधान हुन निषादले बताए । प्रधानमन्त्री केपी शर्मा ओली पनि पनि मधेसको आन्दोलन यथासक्य चाढो हल गर्न चिन्तित रहेको निषादको भनाई छ ।
Source-मिडीया एन पी     
share 00000000

No comments

Powered by Blogger.