जरिन कामुक नायिका बन्दै with vedio
कार्तिक १६, २०७२-
बलिउड चलचित्र ‘वीर’ मार्फत अभिनय क्षेत्रमा पदार्पण गर्ने अभिनेत्री हुन्— जरिन खान । सलमान खानसँग डेब्यु गरे पनि बढ्दो तौलका कारण जरिनले बलिउडमा सफलता पाउन सकिनन् । वीरपछि जरिनले अभिनय गरेका केही चलचित्र व्यवसायिक रूपमा सफल त भए तर ती चलचित्रको सफलताको श्रेय अन्य कलाकारले पाए ।
यतिबेला उनी ‘हेट स्टोरी–३’ मार्फत दर्शकमाझ आउन लागेकी छिन् । मोटी अभिनेत्रीका रूपमा चिनिएकी जरिन ‘हेट स्टोरी–३’ मा भने निकै कामुक तथा आकर्षक देखिएकी छिन् । उक्त चलचित्रको ट्रेलर सार्वजनिक भएपछि उनलाई मोटी भन्नेहरूले भने जवाफ पाएको बताइन्छ ।
हेट स्टोरी–३ को ट्रेलर
प्रकाशित: कार्तिक १६, २०७२

Post a Comment