पैसा कमाएर घर पठाउंछु भन्दै कतार गएको छोराको लाश घर आएपछि
गोपालप्रसाद बराल, बर्दिवास । विदेश गएको छोराले कमाएर पैसा पठाउँछ भन्ने आस सङ्गालेको महोत्तरी भङ्गाहा–४ को एउटा मुस्लिम परिवारमा मृत छोराको शव घर आएपछि शोक छाएको छ ।सात महिना पहिले पैसा कमाएर पठाउँछु भनेर कतार गएको २३ वर्षीय छोरा रहमत शेषको शव घर आएपछि आमा इन्द्रा शेषसहित परिवारजन शोकमा मुच्र्छित भएका छन् ।

‘‘पति मुस्तकिम शेष घरमा आफुसहित छोरालाई छाडेर १५ बर्ष अघि घर छाडेर बेपत्ता भए’’, मृतककी आमा इन्द्राले हिजो मङ्गलबार घर पुगेका सञ्चारकर्मीसँग बलिन्द्रधारा आँसु काढ्दै भनिन् ‘‘छोरालाई हेरेर ती दुखः बिर्सन खोजेकी थिएँ, उसको पनि यो हाल भयो !’’पति मुस्तकिमले छाडेर गएपछि भर्खर आठ वर्ष उमेरको छोरालाई बनीबुतो गरेर हुर्काउँदै बिहेदान गरिदिएर काखमा नाति खेलाउन पाउँदा केही सन्तोस हुनै लागेका बेला यो बज्रपात सहनु परेको इन्द्राको बिलौना छ ।
गाउँमा दुई धुर जग्गामा बनेको सानो झुप्रोमा गुजारा चलाई रहेको इन्द्राको परिवारमा बुहारी अमना शेष र क्रमशः दुई बर्ष र सात महिनाका गरी दुई नाति रहेका छन् । घरको लालनपालनको सबै अभिभारा बोकेको छोरा रहमतको विदेश मै भएको मृत्युले अब जीवनको सबै आस टुटेको इन्द्राले बताए ।
एक महिना २८ दिनअघि कतारमा बिजुलीको करेण्ट लागेर मृत्यु भएका रहमतको शव उनको घर आइपुग्दा वस्तीका सबैका आँखा रसाएका देखिन्थे ।
‘‘बुहारी मुच्र्छाबाट उठेकी छैन, सानु सात महिने नाति भोक लागेर रुँदै आमाको दुधको मुन्टा खोजेको देख्छु’’ इन्द्राले भनिन् ‘‘अर्को ठूलो नाति हजुरआमा खान दिनोस् भन्छ, म के गरौँ ?’’
सम्पत्तिका नाउँमा दुई धुर घडेरीमा रहेको पराले झुप्रोमात्र रहेको यो परिवारकी मुली इन्द्रामाथि अब बुहारी अमना, दुई नातिहरु, बर्कत शेष र हशरत शेषको प्रतिपालमात्र नभएर छोरो विदेश जाँदा साहुसँग लिएको रु एकलाख २५ हजार ऋणको भारीसमेत थपिएको छ ।
‘‘बुहारी मुच्र्छाबाट उठेकी छैन, सानु सात महिने नाति भोक लागेर रुँदै आमाको दुधको मुन्टा खोजेको देख्छु’’ इन्द्राले भनिन् ‘‘अर्को ठूलो नाति हजुरआमा खान दिनोस् भन्छ, म के गरौँ ?’’
सम्पत्तिका नाउँमा दुई धुर घडेरीमा रहेको पराले झुप्रोमात्र रहेको यो परिवारकी मुली इन्द्रामाथि अब बुहारी अमना, दुई नातिहरु, बर्कत शेष र हशरत शेषको प्रतिपालमात्र नभएर छोरो विदेश जाँदा साहुसँग लिएको रु एकलाख २५ हजार ऋणको भारीसमेत थपिएको छ ।
जीवनप्रति अब निराश भइसकेपनि साना नातिहरुको मायाले आफ्नो सास अल्झेको इन्द्राको भनाइ छ ।बुहारी अमना दिनमा कैयौँ पटक मुच्र्छित हुने गरेकीले साना नाति उसलाई जिम्मा लगाउन पनि आपूले बाँच्नु परेको इन्द्राले रुँदै बताइन् । ‘मैले विदेश नगएर आफ्नै गाउँठाउँमा काम गर्न बारबार उसलाई भन्ने गरेकी थिएँ’’, इन्द्राले सञ्चारकर्मीसँग भनिन् ‘‘बाबु, तपाइँहरु राम्रोसित सबै युवालाई सम्झाएर समाचार बनाई दिनोस कुनै युवा अब विदेश नजाउन् ।’’
छोरा रहमत निक्कै कमाएर आफूलाई सुखसँग पाल्छु भनेर विदेश गएको इन्द्राले बताइन् । यो गाउँमा विदेश गएर उतै जोखिमपूर्ण काम गर्दा मर्ने रहमत पहिला भने होइनन् । यसअघि यो बर्ष्भित्रै गाउँका २५ वर्षीय इजरायल अन्सारी र सीताराम महराको पनि विदेशमै मृत्यु भएर शव घर आएको थियो । ती दुबैका परिवारसमेत साना नानीको प्रतिपाल र साहुको ऋणबाट बौरिन नसकेका सोही बस्तीका युवा सामाजिक कार्यकर्ता २२ वर्षीय रामईश्वर ठाकुरले बताए ।
Post a Comment