Header Ads

बोल्ड हुदैं सोनम

मंसिर ७, २०७२- 
बलिउड नायिका सोनम कपुरले बिस्तारै आफ्नो हट एन्ड बोल्ड लुक्स सार्वजनिक गरिरहेकी छिन् । चलचित्र प्रेम रतन धन पायो कि नायिका सोनमले आफ्नो अर्धनग्न तस्बिर ट्विटरमा पोस्ट गरेपछि सोसल मिडिया गर्माएको छ ।
सदाबहार नायक अनिल कपुरकी पुत्री सोनम आफ्नो ग्लामरस अवतार सार्वजनिक गर्न हिचकिचाउँदिनन् भन्ने पुष्टि भएको छ । त्यसो त केही अघि भारत सरकारले पोर्नसाइट प्रतिबन्ध गर्ने निर्णय लिँदा उनले अग्रपंक्तिमा रहेर त्यसको विरोध गरेकी थिइन् । त्यतिबेला पनि सोनमका ट्विटले चर्चा पाएका थिए ।
केही अघि गर्ल ग्याङका साथ थकाइ मार्न गोवा पुगेकी सोनमले आफ्नो बोल्ड सेल्फी पोष्ट गरेकी थिइन् । आफ्ना प्रशंसकका लागि उपहार भन्दै तस्बिर सेयर गरेकी सोनमले दर्शकले नायिकाको हट अवतार हेर्न चाहने बताएकी छिन् । पछिल्लो समय लगातार कामका कारण व्यस्त भएकाले आरामका लागि केटी साथीहरूको ग्याङ बनाएर उनी गोवातर्फ लागेकी हुन् । 




No comments

Powered by Blogger.