Header Ads

प्रियंकाको कामुक आइटम (भिडियो सहित)

कार्तिक १३, २०७२- 
पछिल्लो समय नम्बर एक नायिकाका रूपमा स्थापित प्रियंका कार्की चलचित्रको छायांकनदेखि स्टेज कार्यक्रमसम्म व्यस्त हुने कलाकारका रूपमा समेत चिनिएकी छिन्  ।
दसैंताका पूर्वी नेपालको झापादेखि अष्ट्रेलियाको ब्रिस्बेनसम्म पुगेर आकर्षक नृत्य गर्ने प्रियंकाले गरेको एउटा कामुक नृत्य दसैंकै अवसर पारेर दर्शकहरूले हेर्न पाएका छन्  ।
कात्तिक २७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘लुटेरा’ को आइटम गीत ‘ब्लास्ट हुनेवाला छ मेरो जवानी..’ गीतमा प्रियंकाले कामूक हाउभाउसहित नृत्य गरेकी छिन्  । कम समयमै धेरै दर्शकले हेरिसकेको यो गीतको सफलतासँगै प्रियंकाले आगामी दिनमा आइटम डान्समा समेत वर्चस्व कायम गर्ने कुरामा दुईमत छैन  

प्रकाशित: कार्तिक १३, २०७२



No comments

Powered by Blogger.