Header Ads

मध्यरातमा जुवाघरमा छापा, १७ जुवाडे समातिए, बीस लाख बरामद -

काठमाडौं : महानगरीय परिसर काठमाडौंले गौशालास्थित केशवध्वज राणाको घरमा संगठित रुपमा जुवा खेलिरहेका सत्रजना जुवाडेलाई खालमा राखेको बीस लाख रकमसहित मंगलबार मध्यरातमा पक्राउ गरेको छ ।
 
विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले राणाको घरमा छापा मारी उनीहरुलाई नियन्त्रणमा लिएको हो । स्थानीय र छिमेकीले समेत उक्त घरमा दिनरात जुवा तथा कौडा खेलाएर सामाजिक वातावरण नै बिगारेको उजुरी गरेपछि प्रहरीले छापा मारेको हो ।
जुवा घरमा प्रयोग भएका कौडाका गोटीहरु
 
पक्राउ परेका सत्रजनालाई अनुसन्धानका लागि थुनामा राखिएको छ। म्याद थपका लागि बुधबार अदालत पेस गरिएको छ।पक्राउ पर्नेमा अभिषेक राणा, रुपेश श्रेष्ठ क्षत्र वहादुर तामाङ, जोग वहादुर तामाङ, जोग वहादुर तामाङ, सोहेल काकी, बद्री धिताल, विजय थापा, मुक्ती लामा, अनन्त दाहाल, प्रकास पन्त, कृष्ण लामा र उमेश थापा रहेका छन् ।

 
प्रहरीले कौडा गोटी थान १६, रातो र निलो रंगका १२ बुक ताससहित अन्य समानहरु पनि बरामद गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उक्त घरमा पहिलेदेखि नै यसरी स‌ंगठित रुपमा जुवा तथा कौडा खेलाउने काम हुँदै आएको थियो। 
जुवाखालका राखिएको नगद
 
यसरी संगठित जुवातास खेलाएर धेरैको जीवन बर्बाद भएको  र उनीहरुको परिवारमा समेत आर्थिक संकट आएको देखिएकोले प्रहरीले यस्तो अपराधविरुद्ध विशेष अप्रेशन थालेको महानगरीय प्रहरी परिसर प्रमुख वरिष्ठ उपरीक्षक विक्रमसिंह थापाले बताए ।
 
उनले भने, चाडपर्वका बेला परिवारसँग बसेर रमाइलो गर्ने पक्ष एउटा छ तर यो संगठित रुपमा खेलाइएको जुवा भएकोले यसलाई अपराधकै श्रेणीमा राखेर हामीले कारबाही अघि बढाएका हौं । यस्ता अपराधका कारण धेरै जीवन नै बर्बाद भएको छ। यस्ता अपराधमा प्रहरीको शून्य सहनशिलता हुन्छ।
 
संगठित रुपमा जुवा खेलाउने अन्य संभावित स्थानमा अप्रशेन चलाउने जानकारी एसएसपी थापाले दिए। थापाका अनुसार संगठित रुपमा जुवा खेलाउने धन्दामा विभिन्न गिरोहहरु सक्रिय छन् ।
महानगरीय प्रहरी परिसर प्रमुख वरिष्ठ उपरीक्षक बिक्रमसिंह थापा
 
प्रहरी प्रशासनको सक्रियताका कारण दसैंतिहार तथा छठमा नाकाबन्दीले अभाव भए पनि अशान्ति र अपराधका घटना केही नभएको बताए । महानगरीय प्रहरी पसिरले चाडपर्वको मौकामा कालोबजारी गर्ने तथा अन्य अपराधिक गतिविधि गर्नेहरुविरुद्ध विशेष अप्रेशन चलाएको थियो । 

No comments

Powered by Blogger.