Header Ads

एनआरएन इजरायलको आयोजनामा इजरायलमा भारतको अघोसित नाकाबन्दीको विरोध – भिडियो सहित

समाचारदाता – शुक्रबार इजरायलको तेल अभिवमा नेपालीहरुले भारतले गरेको अघोषित नाकाबन्दीको विरुद्धमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन गरेको सय दिन काटेको छ । यहि बहाना देखाई भारतले अघोषित नाकाबन्दि गरेको छ । बहाना जे भएपनि नेपाली जनता आँफैले जारी गरेको सम्विधान आफ्नो अनुकुल नभएपछि भारतले नाकाबन्दी गरेको प्रष्टै छ । केहि भारतिय मुलका मधेशी नेतालाई उक्साई भारतले नेपाल माथी गम्भीर समस्या प्रकट गरेको भन्ने आरोप लगाउँदै संसारभरका नेपालीले विरोध जनाईरहेका छन् । यसै क्रममा इजरायलमा सक्रिय रहेका विभिन्न नेपाली संघ-संस्था र रोजगारीको लागि यहाँ रहेका नेपालीले शुक्रवार विरोध कार्यक्रम गरेका छन् ।
एनआरएन इजरायलको प्रमुख आयोजनामा भएको कार्यक्रम भारतको अघोषित नाकाबन्दीको विरोधमा केन्द्रित रह्यो । विरोध कार्यक्रममा बोल्ने वक्ताहरुमा एनआरएन इजरायलका अध्यक्ष् दिपक ओली, सोसाइटी अफ हेल्पिङ हर्ट्सका केन्द्रिय अध्यक्ष कृष्ण ज्ञवाली, प्रवासी नेपाली नागरिक समाजका अध्यक्ष नवराज खड्का, नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाका केन्द्रिय अध्यक्ष रामशरण बानिया, जय ओडारी, सत्य साई सेन्टरकी नेहा गुरुङ लगायतका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले भारतको नाकावन्दीको आलोचना गर्दै भारतले नेपालको सार्वभौम सत्ताको सम्मान गर्दै भुपरिवेस्ठित देशले पाउने निर्वाध पारवहनको सुविधा दिनु पर्ने बताएका थिए । उक्त कार्यक्रममा यहाँ कार्यरत नेपाली एवं विभिन्न देशका नागरिक को उल्लेखनीय उपस्थिति रहेको थियो |

No comments

Powered by Blogger.