मोदीले ओलीलाई फोनमा भने, 'तपाईलाई भारतको पूर्ण सहयोग हुन्छ'
काठमाडौं : प्रधानमन्त्रीमा निर्वाचित केपी ओलीलाई भारतीय सरकार र जनताको पूर्ण सहयोग रहने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले ओलीलाई फोन गरेर बधाइसँगै सहयोगको वचन दिएका हुन्। मोदीले फोन गरेर बधाइ दिएको र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिदै काठमाडौंस्थित भारतीय दूतावसले वक्तव्य निकालेर स्पष्ट पारेको छ।
दूतावासले जारी गरेको विज्ञप्तीअनुसार मोदीले ओली लोकतान्त्रिक विधिअनुरुप निर्वाचित भएकोमा हार्दिक वधाइ ज्ञापन गरेका थिए। मोदीले ओलीसँग घनिष्ठ भै काम गर्ने आसा व्यक्त गरेका छन्।
नेपालको शान्ति, स्थायीत्व र सामाजिक तथा आर्थिक विकासमा नेपाली जनताको चाहनानुरुप भारतले सदैव सहयोग जारी राख्ने मोदीले बताएका छन्।
नेपालको शान्ति, स्थायीत्व र सामाजिक तथा आर्थिक विकासमा नेपाली जनताको चाहनानुरुप भारतले सदैव सहयोग जारी राख्ने मोदीले बताएका छन्।
भारतीय प्रधानमन्त्री मोदीले भारत सदैव नेपालको शान्ति, स्थायीत्व र समृद्धिको लागि उभिने र यी विषयहरु भारतको हितमा रहेको बताए।
मोदीले भने, हामी आशावादी छौं कि नेपालका बाँकि रहेका विवादित राजनीतिक विषयहरु नेपाल सरकारले सौहार्दपूर्ण सम्वादको माध्यमबाट हल गर्नेछ ।देशमा शान्ति र स्थायीत्वको लागि समाजका सबै क्षेत्रलाई साथमा लिएर अघि बढ्ने आशा मोदीले व्यक्त गरेका छन्।

Post a Comment