Header Ads

मंसिर ५ मा मिस गण्डकी–२

मंसिर ५ मा मिस गण्डकी–२

मंसिर २, २०७२- 
पोखरामा आयोजना हुन लागेको ‘लक्ष्मीपती साडी मिस गण्डकी सिजन दुई’ मा २३ जना युवतीहरुले सहभागिता जनाइरहेका छन् । प्रतियोगिताको ग्रान्ड फिनाले मंसिर ५ गते शनिवार सम्पन्न हुँदैछ ।

आयोजक रियल इभेन्ट म्यानेज्मेन्टले प्रतिस्पर्धी युवतीहरुले नेतृत्व, व्यक्तित्व विकासका साथै फेसन, सौन्दर्य, क्याटवाक तथा बोल्ने कला सिकाईरहेको छ । ‘सबै प्रतिस्पर्धीहरु उत्तिकै संभावना बोकेका छन्’, मिस गण्डकी–२ का कोरियोग्राफर सुरज थापामगर भन्छन् । 

प्रशिक्षणकै क्रममा प्रतिस्पर्धीहरु ‘सेल्फ ट्यालेन्ट शो’ राउण्डमा सहभागि भैसकेका छन् । ट्यालेन्ट राउण्ड अन्तर्गत प्रतिस्पर्धीहरुले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए । ट्यालेन्ट शोमा नृत्य निर्देशक अमन तामाङ, सञ्चारकर्मी उत्तम पौडेल, फेशन डिजाईनर वासिम खान तथा व्यवसायी बिबि विष्ट निर्णायक रहेका थिए ।

यसैबीच मिस गण्डकीको म्यूजिक भिडियो प्रोमो तथा प्रतिस्पर्धीहरुको ‘प्रोफाईल भिडियो’ निर्माण गरेर त्यसलाई टेलिभिजन र यूट्युबमार्फत सार्वजनिक गरिएको छ । पोखरामा नै पहिलो पटक टेलिभिजन रियालिटी सो बेसमा यो ईभेन्ट भएको सञ्चारकर्मी तथा कोरियोग्राफर सुरज थापाको दाबी छ । 


प्रकाशित: मंसिर २, २०७२




No comments

Powered by Blogger.