भारतबाट नेपालविरुद्ध युद्धभन्दा पनि अमानवीय व्यवहार : प्रधानमन्त्री
भुकम्पबाट त्रिपालमुनी बसेको छिमेकीलाई
भारतले चुल्हो बाल्न पनि दिएन ।
के यस्तै हो असली छिमेकीको व्यवहार ?’
कार्तिक २०, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नेपालविरुद्ध युद्धमा पनि नगरिने
अमानवीय व्यवहार प्रदर्शन गरेको भन्दै भारतीय नाकाबन्दीको विरोध गरेका छन् । उनले भुकम्पले थिलथिलो भएको नेपालमाथि भुपरिवेष्ठित मुलुकहरुको अधिकार समेत उल्लंघन हुने गरि भएको नाकाबन्दी मानवताविरुद्धकै कार्य भएको ओलीले उल्लेख गरे
पत्रकार महासंघको टोलीसंग शुक्रबार कुरा गर्दै प्रधानमन्त्री ओलीले ‘असली छिमेकी’ भन्दै भारतप्रति व्यंग समेत गरे । ‘भुकम्पबाट त्रिपालमुनी बसेको छिमेकीलाई चुल्हो बाल्न पनि दिएन के यस्तै हो असली छिमेकीको व्यवहार’ प्रधानमन्त्री ओलीले भने,‘ असली छिमिकीले टमाटर, माछा, आलु, प्याज पठाएको छ । चुल्हो बाल्ने ग्याँस पठाइदैन । टमाटर काँचै पिस्दै खाँदै गर भन्ने नीतिमा रह्यो असल छिमिकी ।’
उनले अब आत्मनिर्भर भएर अघि बढ्न बाटो अबलम्बन गरिने भन्दै यसका लागि विद्युतीय उर्जाका लागि सबै विकल्प अघि बढाइने जानकारी दिए । ‘हाम्रा आँखा खुलेनन् भनेर छिमेकीले च्यातेर खोलिदिएका छन्’ प्रधानमन्त्री ओलीले भने ।
नेपालले आफ्ना जनताका लागि संविधान लेख्दा यस्तो व्यवहार प्रदर्शन भएको भन्दै ओलीले अन्य कुनै मुलुकको भन्दा अधिकारको हिसाबले बढी अधिकार नेपालको संविधानमा रहेको बताए । ‘नेपालको संविधानमा जसले औला ठ्याएका छन् , तीनको भन्दा बढी अधिकारमुखी र समावेशी छ’ प्रधानमन्त्री ओलीले भने । उनले यति हुदा हुदै पनि नेपाल सबैसंग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्न चाहेको ओलीले स्पष्ट पारे । जनताको दैनिक जीवन सञ्चालनका लागि आवश्यक सबै विकल्पहरु अपनाउने ओलीले प्रतिबद्धता जनाए ।
शान्ति प्रक्रिया र नेपालको मानवअधिकारको बिषयमा भारतले संयुक्त राष्ट्रसंघको मानव अधिकार सम्बन्धि सम्मेलनमा उठाएको प्रश्नबारे पनि ओली कडा टिप्पणी गरे । संयुक्त राष्ट्रसंघ समेतको संलग्नतामा भएको शान्ति प्रक्रियाबारे भारतले अनविज्ञता प्रस्तुत गरेको आश्चर्य प्रकट गरे । ‘संयुक्त राष्ट्रसंघ समेतको संलग्नताका भएको शान्ति प्रक्रियाको बिषय थाहा छैन ? ओलीले भने । द्वन्द्वरत पक्षहरु समेत मिलेर अघि बढिरहेको ओलीले बताए ।
प्रकाशित: कार्तिक २०, २०७२
http://bit.ly/1WBom2V

Post a Comment