Header Ads

कष्ट सहन तयार छौं तर स्वाभिमान झुक्न दिदैनौं – अनिता शाह

कष्ट सहन तयार छौं तर स्वाभिमान झुक्न दिदैनौं – अनिता शाह


काठमाडौँ : जब नेपालमा राजतन्त्रको अन्त्य भयो तब देशको शासन सत्ता नेपाली जनताले राजनीतिक दलहरुलाई सुम्पिए । दशकौंदेखी देश र परिवर्तनको नाममा रगत बगाइरहेका युवा र आफ्ना सन्तान गुमाईरहेका आमाहरुले सोचेका थिए अब परिवर्तनसँगै स्थायित्व आउने छ र यो क्रम रोकिने छ ।
परिवर्तनको नाममा आफ्ना सन्तान, सौभाग्यको सिन्दुर गुमाइरहेका नारीहरु फेरी त्यहि क्रम दोहोरिरहँदा प्रताडीत र पिडामा धकेलिन पुगेका छन् । लोकतन्त्र, गणतन्त्र अनि संघियताको सुरुवाती नहुँदै रगतको होलि खेल्दै तराईमा भड्काइएको हिंसामा परि निर्दोश र निहत्था झण्डै ५० जना नागरिक मारिएका छन् । जहाँ अधिकारको लागि भन्दै यस्तो विध्वंशको सुरुवात गराउने मधेशको मसिहा एउटै ढलेको छैन । संघियता, गणतन्त्र, राष्ट्रप्रमूखमा पहुँच, समावेशीता, सहभागीता, अधिकारको विकेन्द्रिकरण जस्ता संविधानका राम्रा एउटै कुरा नबोलि फगत सिमा र संघिय राज्यको मूख्यमन्त्री को र कसरी आफैं बन्ने भन्ने स्वार्थको लडाईमा जनतालाई पिसेर हिंसा भड्काउन थालिएको छ ।
प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रमुख, धार्मिक राज्यका पक्षमा जनताले दिएको सुझावको वेवास्ता, सबै निर्वाचनमा प्रत्यक्ष जनताको मत, भ्रष्टाचारीमाथिको कारवाहीमा कडाई, आर्थिक विकास, युवा रोजगार जस्ता एउटै मुद्दा नउठाइएको अकस्मात आरम्भ बिरोधले आम नेपाली जनताले नयाँ संविधानको स्वागत पनि राम्रोसँग गर्न पाएनन् । नयाँ संविधान आएको खुशीयालीमा दिपावली गर्दै भूकम्पले दिएको पिडामा मलहम लगाउँदै बडा दशैं र दिपावलीको तयारीमा जुटेका जन थोरै आफ्नो र धेरै अरुको स्वार्थमा थालिएको आन्दोलनको मार खेप्न बाध्य भएका छन् । बखान गाउँदा रोटि र बेटिको सम्बन्ध भन्ने अनि स्वार्थ पुरा गर्न घाँटी थिच्न पनि पछि नपर्ने उहि भारतको आश्रय लिएर भइरहेको आन्दोलनको भूमरीमा अन्जानमा मधेशका सोझा नेपाली जनता परिरहेका छन् ।
आफ्नै देशलाई बर्बादी बनाउन भारतको शरणमा पर्ने, रासन देखी भूमिसमेत अरुको प्रयोग गरेर आफ्नो माथि ढुंगा बर्षाउने यस्तो पनि कहिँ आन्दोलन हुन्छ ? देशलाई नाकाबन्दी लगाउँदा बिदेशीसँग एकजुट भएर उभिनुपर्ने ठिक गरिस् भन्दै उसकै धोती समाएर पछि लाग्छ यस्तो नेता कसरी नेपाली हुन सक्छ ? हुन त मलाई ठ्याक्कै के हो थाहा छैन तर भारतमा जन्मिएका भनिएका राजेन्द्र महतो, महन्थ ठाकुर जस्ता आन्दोलनको ठेकेदारहरुले आफ्नो जन्मभूमिप्रति गुन तिरिरहेका होलान् नेपाललाई बबार्दी गरेर । तर तराईका सोझा जनताले अब बुझ्नु जरुरी छ कि दुई दशक अघि मात्र नेपाली बनेका यि मुखियाहरुले राजधानीमा कति करोडको सम्पत्ती जोडका छन ? यिनका सन्तान र यिनको सुखशयल बुझन आवश्यक छ ।
आन्दोलन भन्ने जनता लडाउने र मराउने अनि गौर हत्याकाण्डपछि एकाएक ठूलो नेता बनेर सरकारी गाडीमा हिँड्ने उपेन्द्र यादवहरुको भोगविलास जिवनको सत्यता बुझ्नु आवश्यक छ । किनभने एउटा सत्य कुरा हो संविधानमा सिमा उनिहरुले भने जस्तै, तराईका जनताको नाममा उनिहरुले उठाएका सबैकुरा लेखिएपनि तराईका जनताको अवस्था यिनै व्यत्ति नेता भइरहेभने अझै दशकौं तराईका जनताले केही पाउनेवाला छैनन् । त्यसैले यस्ता शोषक नेतालाई देश बर्बादी गरेर रमाइरहेको यो बेलामा तराईबाट लखेट्नुपर्छ र जसको गुणगान गाइरहेका छन् उसकै देशमा भगाउनुपर्छ ।
तराईका जनता र यता काठमाडौं तिरका केही बुद्धु बुद्धिमानहरु भनिरहेका छन् तराईसँग व्यापार र ईन्धन नकिनी सुखै छैन । कहिल्यै नेपालले अगाडी बढ्न सक्दैन भारतबिना । तर यति सामान्य कुरा पनि भुलेका छन् कि ति भारतका गुलामहरुले नेपालको ऐतिहाँसीक व्यापार र समृद्धिको आधार भारत होइन चिनको तिब्बत थियो । चिनको तिब्बतहुँदै नेपालले गरेको व्यापारबाटै हाम्रो पुर्खाले समृद्ध नेपाल हामीलाई सुम्पेका थिए । बिगारेका हुन् भने यिनै मधेशी नेताको सत्ता आगमन र हालको सत्ता सम्हालिरहेका पहाडे शासकहरुले हो हामी तराई वा पहाड हिमालका कोही जनताले होइन । तराईमा आन्दोलन भन्दै तिनै नेता काठमाडौंमा भाषण गरिरहेका छन् । केही उता बसेका पनि सिमा पारि वा तराईकै सुविधासम्पन्न होटल सहित ठूलाबडाका घरमा दिनकै मासुभात खाँदै डकारिरहेका छन् । तर सोझा जनतालाई भने संविधानमा उनिहरुका केही अधिकार लेखिएको छैन भन्ने गलत प्रचार गर्दै बलिको बोका बनाइरहेका छन् । संविधानमा के लेखिएको छ भन्ने कुरानै थाहा नभएका जनतालाई प्रयोग गरेर अनेक तरहका नाटक मञ्चन भइरहेका छन् । संविधानमा के लेखिनुपर्छ ? के लेखिएको छ भन्ने कुरानै थाहा नभएकालाई आन्दोलनमा ल्याउनु भेंडा बाख्रा जम्मा गर्नु सरह हो भने आन्दोलनका नाममा कुरै नबुझि देश बर्बादीमा पार्ने अभियानमा जानु जानीजानी भिरमा गोरु हाम्फाले सरह हो ।
त्यसैले यस्तो बेलामा सबैले भनिरहेका छन् भिरमा जाने गोरुलाई रोक्न सकिन्छ काँध थाप्न सकिँदैन बरु रामराम भन्न सकिन्छ । बेलैमा सबैको चेत खुलोस् र राज्यले पनि अग्रसरता लिओस् सिमामा सय पचास उदण्ड देशद्रोहीलाई भेला पारेर देशनै अवरुद्ध बनाउने खालको काम गर्ने हरुवाहरुको भिंडलाई कि तलाओस् कि जसको भूमिमा सबेर ढुंगा मुढा गर्छन् उसैलाई जिम्मा लगाओस् । तर आन्दोलनका नाममा देश बर्बादी बनाउने र नेपालमाथि नाकाबन्दी गर्दै हस्तक्षेप गर्ने भारतीय विस्तारवादको मुकाविला गर्दै देश अगाडी बढोस् किनभने हामी जतिसुकै कष्ट खेप्न तयार छौं तर स्वाभिमान झुक्न दिदैनौं ।
पूरा पढ़नको लागी>>www.kalopationlines.blogspot.com 

No comments

Powered by Blogger.