नायिकाको नजरमा राष्ट्रपति
मंसिर ७, २०७२-
विद्यादेवी भण्डारीका रूपमा देशले पहिलो महिला राष्ट्रपति पाएपछि चलचित्र क्षेत्रका महिला कलाकारहरूसमेत उत्साहित देखिए ।
राष्ट्रपति भण्डारीको शपथ ग्रहण समारोहमा नायिका वर्षा शिवाकोटीबाहेक अन्य कुनै पनि महिला कलाकारलाई देखिएन, तर केही नायिकाले राष्ट्रपतिका रूपमा महिलालाई पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । नायिका रेखा थापाले भण्डारीको व्यक्तित्वबाट प्रभावित भएकाले उनको भिजनअनुसार काम गर्न दिनुपर्ने तर्क प्रस्तुत गरेकी छिन् भने केकी अधिकारीले विद्या भण्डारी राष्ट्रपति भएकोमा आम महिलाझैं आफू पनि खुसी भएको बताएकी छिन् ।
अभिनेत्री दीपाश्री निरौलालाई भने राजनीतिक हिसाबले महिला नेतृले देश हाँकेको हेर्ने मन थियो, भण्डारीले त्यो चाहना पूरा गर्न लागेकोमा खुसी लागेको छ । अभिनेत्री रिस्ता बस्नेतले भण्डारी राष्ट्रपति भएकोमा गर्व महसुस भएको बताएकी छिन् भने माला लिम्बूले राष्ट्रपतिसँग महिला सशक्तीकरणका लागि दरिलो कदम चाल्न आग्रह गरेकी छिन् ।
प्रकाशित: मंसिर ७, २०७२

Ho aaba chahi kehi hola jasto x nepal ma
ReplyDelete